Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
बिचार

निर्वाचन आयोगले वैदेशिक सहायता नलिने र अबको निर्बाचनमा कुन समुदायको कति समानुपातिक प्रतिशत होला ? हेरौ तथ्याङ सहितको बिश्लेषणात्मक बिवरण ।

2017 Oct 8 10:19 AM 98

विज्ञापन

Birat Cancer Hospital
निर्वाचन आयोगले वैदेशिक सहायता नलिने र अबको निर्बाचनमा कुन समुदायको कति समानुपातिक प्रतिशत होला ? हेरौ तथ्याङ सहितको बिश्लेषणात्मक बिवरण ।
अविजाल विष्ट बिराटनगर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइ.एन.जि.ओ. तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिदै आएको थियो । आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए । आयोगले हालै सम्पन्न स्थानीय तह निर्वाचनदेखि बिस्तारै वैदेशिक सहायता लिने क्रम घटाएको हो । आयोगले विगतमा भारतबाट गाडी, स्कुटी, चीनबाट छेकाबार, डटपेन, पन्चिङ मेसिन, मसी लगायतका निर्वाचन सामग्री सहायता लिने गरेको थियो । यसपटक आयोगले आवश्यक ती सबै सामग्री आफैले खरिद गर्ने छ । स्थानीय तहमा केही मतदाता र मतदान केन्द्र थपिने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको संख्या थपिने जनाएको छ । स्थानीय तहको निर्वाचनमा करिब १८ हजार मतदान केन्द्र थिए । त्यसमा १५ सयदेखि दुई हजार मतदान केन्द्र थप हुने प्रवक्ता ढकालको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एक करोड ४१ लाख मतदाता थिए । त्यसमा करिब १४ लाख मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड ५५ लाख मतदाता हुनेछन् । उम्मेदवारहरुको समानुपातिक निर्वाचनको ढांचा तयार रणनिति निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतपत्रको ढाँचा टुंगो लगाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतपत्र एउटै प्रयोग गरिने छ । समानुपातिक निर्वाचनको मतपत्रको ढाँचाअनुसार प्रतिनिधिसभाका लागि देशैभरि एकै प्रकृति र प्रदेश सभाका लागि प्रदेशअनुसार दलको सहभागिताका आधारमा मतपत्र फरक हुने आयोगले जनाएको छ । एउटै पानामा बायां तर्फ प्रतिनिधि सभामा भाग लिने दलको निर्वाचन चिह्न र दायां तर्फ प्रदेश सभामा भाग लिने दलका निर्वाचन चिन्ह हुनेछन् । आयोगका अनुसार प्रत्यक्ष निर्वाचनका लागि उपयोग गरिने मतपत्रको ढांचा भने प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन पछि टुंगो लाग्ने छ । समानुपातिक निर्वाचनका लागि प्रयोग गरिने मतपत्र भने दशैं अघि नै छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक र प्रत्यक्षका मतपत्र छाप्दा समय बढी लाग्ने भएकाले समानुपातिकतर्फको मतपत्र दशैं अघि नै छपाइ सुरु भएको हो । दललाई निर्वाचन प्रभावित गर्ने गतिविधि नगर्न चेतवानी– आयोग निर्वाचन आयोगले दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा कुनै असर नपार्ने जनाएको छ । दलीय गठबन्धनका कारण निर्वाचन सर्ने हल्ला चलेपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो । साथै, आयोगले निर्वाचन प्रभावित हुने गतिविधि र क्रियाकलाप सञ्चालन नगर्न पनि राजनीतिक दल, सरकार र सरोकारवालालाई आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले १० र २१ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको सुरुवात र मतपत्र छाप्ने काम भइरहेको जानकारी दिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कुन प्रदेशमा कति क्षेत्र र प्रतिनिधी सभाको कति संख्या ?pppp प्रदेश निर्वाचन क्षेत्र –३३० प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १६५ प्रदेश सभामा समानुपातिक सदस्य –ः २२० प्रतिनिधिसभामा समानुपातिक सदस्य – ११० प्रदेश सभामा प्रत्यक्ष सदस्य – ३३० प्रतिनिधिसभामा प्रत्यक्ष सदस्य – १६५ जम्मा निर्वा्चित प्रतिनिधि – ८२५ मतदाता – करिब एक करोड ५५ लाख रहेका छन् । मतदान केन्द्र – करिब २० हजार रहने छ । मतपत्र – करिब तीन करोड ४० लाख (प्रत्यक्ष र समानुपातिक) जम्मा लाग्ने खर्च – १० अर्ब रुपैयां लागत अनुमान गरिएको द्ध । मतपत्र ढुवानीका लागि समय – करिब २० दिन मतपत्र छाप्ने समय – करिब एक महिना66 मतपत्रको प्रकार – दुई दलित – १३.८ प्रतिशत रहेको छ । आदिवासी जनजाति – २८.७ प्रतिशत रहेको छ । खस–आर्य – ३१.२ प्रतिशत रहेको छ । मधेसी – १५.३ प्रतिशत रहेको छ । थारू – ६.६ प्रतिशत रहेको छ । मुस्लिम – ४.४ प्रतिशत रहेको छ । महिला – ५.० प्रतिशत रहेको छ । पिछडिएको क्षेत्र – ४.३ प्रतिशत रहेको छ । कुन प्रदेशमा कति दल प्रतिस्पर्धी रहेका छन् ती दलहरुको संख्या यस प्रकार रहेको छ । 32प्रदेश नम्बर १ – ८७ दलले प्रतिष्पदा गर्ने छन् प्रदेश नम्बर २ – ८६ दलले प्रतिष्पदा गर्ने छन् प्रदेश नम्बर ३ – ८६ दलले प्रतिष्पदा गर्ने छन् प्रदेश नम्बर ४ – ८२ दलले प्रतिष्पदा गर्ने छन् प्रदेश नम्बर ५ – ८४ दलले प्रतिष्पदा गर्ने छन् प्रदेश नम्बर ६ – ८२ दलले प्रतिष्पदा गर्ने छन् प्रदेश नम्बर ७ – ८३ दलले प्रतिष्पदा गर्ने छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न