Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा सहरी विकास कार्यक्रमअन्तर्गत १४ सडक निर्माण सुरु

2017 Oct 16 12:58 PM 30

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा सहरी विकास कार्यक्रमअन्तर्गत १४ सडक निर्माण सुरु
विराटनगरमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक निर्माण सुरु गरिएको छ । सडक निर्माण ७३ करोडको लगानीमा सुरु गरिएको हो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत विराटनगरमा १४ वटा सडक निर्माण सुरु गरिएको हो । ११ किलोमिटर सडकखण्ड निर्माण कार्य करिब ७३ करोड रुपैयाँ लगानीमा जम्मा औपचारिक रूपमा सुरु गरिएको हो । विकास निर्माणमा पछाडि परेका सडकलाई प्राथमकितामा राखेर सडक निर्माण सुरु गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निर्माण हुने सडकको शिलाान्यास गरेर शुभारम्भ गरेका थिए । सहरी विकास तथा भवन निर्माण कार्यालयको लगानी र विराटनगर महानगरपालिको सहयोगमा सडक २ वर्षभित्र निर्माण गरिसक्ने गरी निर्माण कार्य सुरु गरिएको हो ।विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सडक निर्माण सुरु भएसँगै तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिइने  बताएका छन् ।उनले विभिन्न सडक यथाशीघ्र बनाउनुपर्ने भएकाले तोकिएको समयसिमा भित्र काम सक्ने ठेकेदार कम्पनीलाई प्रोत्साहनस्वरूप बोनस प्रदान गरिने बताए । विराटनगर महानगरपालिका १ नम्बर वडाको त्रिवेणी मार्ग, नमूना मार्ग, २ नम्बर वडाको सन्सरीमाई पथ, ३ न वडाको तीनपैनी चौक हुँदै गोधुली मार्गदेखि कञ्चनमार्गसम्म, मानगढ मार्ग, औषधि व्यवस्था विभाग हुँदै बिहीबारे हटियासम्म, भूपी मार्ग हुँदै सिभिल मार्गसम्म, वडा नम्बर ४ को खार्जी कोहब्रा मार्ग, खार्जी मार्ग, ५ नम्बर वडाको शुक्रबारे मार्गको सडक परेका छन् ।त्यसैगरी, खानेपानीको ट्यांकी हुँदै जामुनेश्वर मार्ग, वडा नम्बर ८ को अशोक चौक जाने सडक, वडा नम्बर १६ देखि २० जोड्ने दरैया मार्ग, वडा नम्बर १८ को धरमवाद रोड, जतुवा चौक हुँदै कठकुपासम्म सडक, नाला, ढल र सोलार बत्ती निर्माण गरिने महानगरपालिकाले जनाएको छ ।कालिका कन्स्ट्रक्सनले १३ वटा सडकको ठेक्का पाएको छ भने रानी सडकखण्डको कान्छाराम कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?