Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आज दोस्रो चरणका लागि उम्मेदवारी दर्ता

2017 Nov 2 6:05 AM 45

विज्ञापन

Birat Cancer Hospital
आज दोस्रो चरणका लागि उम्मेदवारी दर्ता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदवार हुन चाहनेलाई शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न आहवान गरेका छन् । आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी मनोनयनका लागि उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको बताए । ‘राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीहरू दोस्रो चरणमै उम्मेदवारी दिँदै हुनुहुन्छ,’ उनले भने, ‘सुरक्षा निकायलाई त्यसैअनुसारको सुरक्षा व्यवस्था मिलाउन र सतर्कता अपनाउन भनिएको छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत शीर्ष नेता र दोस्रो तहका अधिकांश नेताहरू दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिँदै छन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ ।प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ । सदरमुकाममा खोलिएको मुख्य निर्वाचन अधिकृत तथा क्षेत्रअनुसारको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिताको पूर्ण पालना सबैबाट हुने विश्वास आयोगले लिएको बताए । पत्रकार सम्मेलनमा यादवले निर्वाचनलाई लिएर कुनै प्रकारको द्विविधा नपाल्न आग्रह गरे । उनले निर्वाचन तयारीलाई गति दिइएको भन्दै प्रत्यक्षतर्फको दुईवटा मतपत्र छाप्ने निर्णयअनुसार मतपत्र छपाइ कार्य जारी रहेको बताए । उनले पहिलो चरणमा निर्वाचन हुने ३२ मध्ये २१ जिल्लाको मतपत्र छाप्न पठाइसकिएको र कात्तिक २० भित्र ती सबै जिल्लाका मतपत्र छापिइसक्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणका लागि मतपत्र छापिने छन् ।प्रतिनिधिसभा सदस्यका लागि सेतो कागजमा हरियो रंगमा र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्नहरू रहने गरी मतपत्रको डिजाइन गरिएको छ । सर्वोच्च अदालतले दुवै सभाको अलग–अलग मतपत्र छाप्न आदेश गरेपछि कात्तिक १२ मा आयोगले सोहीअनुसारको निर्णय गरी काम बढाएको हो । ‘सर्वोच्चको आदेशअनुसार अलग–अलग पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीको छोटो समयमै व्यवस्थापनको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘आवश्यक नियमावली, निर्देशिका, कार्यविधि तथा मतदाता शिक्षा सामग्रीको परिमार्जनको कामसमेत भइरहेको छ ।’ समानुपातिक निर्वाचन प्रणालीतर्फको १ करोड ७४ लाख मतपत्र छापिसकिएको छ । समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले असोज २९ मा बुझाएको बन्दसूचीमा आवश्यक संशोधन कात्तिक १२ भित्र गरेर अन्तिम नामावली बुझाइसकेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न