Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बाम गठबन्धनले विपक्षीको दिमाग ठेगानमा छैन्- प्रचण्ड

2017 Nov 7 10:01 PM 18

विज्ञापन

Biratkhavar
बाम गठबन्धनले विपक्षीको दिमाग ठेगानमा छैन्- प्रचण्ड
चितवन  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बाम गठबन्धनले विपक्षी दलको दिमाग ठेगानमा नभएको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित बाम गठबन्धनका अगुवा कार्यकर्ताको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले बाम एकताले अन्र्तराष्ट्रिय रुपमा तरंग पैदा गरेको वताउनु भयो । उहांले विग्रन लागेको कांग्रेसलाई सच्चिने मौका बाम गठबन्धनले दिएको वताउनुभयो । प्रचण्डले भन्नुभयो, विपी र गणेशमान र गिरिजावावुको आदर्शलाई आत्मसाथ गरेर कांग्रेस पनि अगाडी बढे देश बन्छ ।4555 चितवन क्षेत्र न ३ प्रतिनिधी सभाका उम्मेद्वार समेत रहनुभएका प्रचण्डले सही समयमा कम्युनिष्ट एकताको प्रयास भएको भन्दै आम नागरिकमा खुशियाली छाएको र कही कतै विरोध नभएको वताउनुभयो । नेपाली जनताले जहिलेपनि कम्युनिष्ट एक हुनुपर्छ भनिरहेको उहांको भनाई छ । प्रचण्डले नेपाली मोडेलको समाजवाद निर्माण गर्न बाम एकता गरेको वताउनुभयो । उहांले समाजवादको नेपाली मोडेल विश्वव्यापी मोडेलको रुपमा विकाश हुने समेत दावी गर्नुभयो । २० औं शताव्दिका माओ र लेलिनको मोडेलले समेत काम गर्न छोडेको भन्दै नयाँ समाजवादको मोडेल नेपालवाट सुरु हुने प्रचण्डको भनाई छ । “गौतम बुद्धले शान्तिको सन्देश दिएको भूमि यही हो, प्रचण्डले भन्नुभयो,हामीले पनि यहि भूमीबाट समाजवादको नयाँ मोडेल दिन सक्छौं ।” मनोनयन दर्ताका लागी कार्तिक १५ गते चितवन आउनुभएका प्रचण्ड पाँच दिनको गृहजिल्ला वसाईपछि आजै काठमाडौं फर्कनुभएको छ । पहिलोचरणमा निर्वाचन हुने जिल्लामा बाम गठबन्धनका कार्यक्रममा सहभागी हुन भोलिदेखी एमाले अध्यक्ष ओली र प्रचण्ड विभिन्न जिल्लामा जाने कार्यक्रम छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु