Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगर बराहक्षेत्र सम्र्पक मञ्चबाट अनुमोदन भएकै दिन ५ जना सम्मानित

2017 Nov 11 8:57 PM 32

विज्ञापन

Birat Cancer Hospital
बिराटनगर बराहक्षेत्र सम्र्पक मञ्चबाट अनुमोदन भएकै दिन ५ जना सम्मानित
बिराटनगर । बिराटनगर बराहक्षेत्र सम्र्पक मञ्च, बिराटनगरले बराहक्षेत्रको धार्मिक तथा पर्यटनको बिकासमा योगदान पुराएका ५ जनालाई सम्मान गरेको छ । तत्कालिन बराहक्षेत्र गाउ बिकास समिती भित्र जन्मी हुर्कि बढी बिराटनगर महानगरपालिका भित्र आएर बसोबास गर्नु भएका तथा बिभिन्न पेशामा बिराटनगरमा रहनु भएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । बिष्णु प्रसाद निरौला, लेखनाथ निरौला, गायत्रीदेबि पौडेल, सशस्त्र प्रहरी गण टंकीसिनवारीका सशस्त्र प्रहरी उपरिक्षक प्रकास श्रेष्ठ र कबि मान बज्राचार्यलाई मञ्चले सम्मान गरेको छ । बृत्तहर बिराटनगर बराहक्षेत्र धार्मिक पर्यटन प्रबद्धन कार्यक्रम लाई शसक्तरुपमा अगाडि पुराउनका लागि मञ्चले बिराटनगरका बिभिन्न होटल तथा पर्यटन कार्यालयहरुमा सहकार्य गर्ने र चतरामा भारती पर्यटन लैजान सहयोग पुराउने अबिजाल बिष्टले जानकारी दिनु भयो । ११ जनाको कार्यसमिती तथा ५ जनाको सल्लाहकार समिती समेत रहने २१ सदस्य तदर्थ समिती गठन गरेको छ । कार्यक्रममा सम्मानित हुने प्रकास श्रेष्ठले सम्र्पक मञ्चलाई सकरात्मक सहयोग पुराउने बताउनु भयो भने प्रमुख अतिथि कबिमान बज्राचार्यले बराहक्षेत्रलाई बिराटनगर महानगरपालिका संग जोडर केही गर्न सकियो भने चतराको बिकास गर्न सकिने भएको हुदां सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । यसै गरी कार्यक्रममा गितका रचयता तथा कार्यक्रमका सभापति बिष्णु प्रसाद निरौला, केशब गुरागाई, लक्ष्मी नेपाल, नारद दाहाल लगायतले चतरामा भोगेका अनुभवहरु आदान प्रदान गर्नु भयो । बराहक्षेत्रबाट बिराटनगर बसोबास गर्नु हुने तथा रहनु हुनेलाई स्वास्थ, शिक्षा लगायतमा सहयोग गर्ने साथै अगामी पुष १ गते पिकनिकको आयोजना समेत गर्ने समेत निणर्य गरेको छ । यो लुज फोरम भएकोले बिराटनगर बसोबास गर्ने सबैको यो साझा चौतारी हुने कुरा नारायण पौडेलले जानकारी दिनु भयो । यसै गरी सबैको सहयोग भयो भने चतरामा केही काम गर्न सकिने र यो धार्मिक पर्यटन बिकासका लागि सबै एक जुट हुने कुरामा बिश्वास गर्न सकिने मातृका निरौलाले बताउनु भयो । कार्यक्रम पश्चात सबैको फोटो सेसन समेत गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?