Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्वाञ्चल बिश्वबिद्यालय सेवा आयोगको प्रयासबाट २ सय ८० कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित, कर्मचारीबाट खुशि ब्यक्त

2017 Nov 11 9:08 PM 39

विज्ञापन

Birat Cancer Hospital
पूर्वाञ्चल बिश्वबिद्यालय सेवा आयोगको प्रयासबाट २ सय ८० कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित, कर्मचारीबाट खुशि ब्यक्त
धु्रब कट्वाल  बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका बिभिन्न क्याम्पस तथा प्रशासनिक कार्यालयहरुमा बिगत १७ बर्ष देखि खुल्न नसकेको सेवा आयोग खुले पछि नैरसयतामा भएका करिब २ सय ८० जना कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित हुने भएको छ । धेरै लामो समय सम्म अस्थायीरुपमा नै कायरत हुदां कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको बृद्धिबिकास तथा अन्य सेवा सुबिधामा समस्या आइरहेको थियो । जसका कारण लामो समय सम्म विश्वबिद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षक प्रध्यापकहरुमा काम गर्ने जोस र जागंर नहुनु स्वाभाविककै हो । सबैको ध्यान भबिश्य के होला वा नहोला भन्ने तिर जाने नै भयो तर पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय बिराटनगरले कर्मचारीहरुको भबिश्व जोडिएको बिषय भएकोले सेवा आयोग खुलाएको सेवा आयोगका सदस्य प्रा.महेन्द्रनारायण यादबले जानकारी दिनु भयो । आगामी मसिंरमा हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा आंचारसहिंता लागु भए पछि अझै लम्बिने थियो तर सेवा आयोगका अध्यक्ष प्राध्यापक बद्रीनारायण श्रेष्ठको अथक प्रयासबाट गत असोज १० गते सेवा आयोग खोल्नु अनुमति पत्र प्राप्त भए पछि सबै बाटो खुल्ला भएको सदस्य प्रा. महेन्द्रनारायण प्रसाद यादबले जानकारी दिनु भयो । कठिन परिस्थितिमा सेवा आयोगका अध्यक्ष प्राध्यापक बद्रीनारायण श्रेष्ठबाट पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको बृद्धिबिकास साथै समग्र विश्वबिद्यालयको राम्रँे कामका लागि खेल्नु भएको भुमिका अति नै प्रसंशनीय छ तसर्थ विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनेश्यामलाल दास, कर्मचारी संघ संगठन साथै सेवा आयोगका अध्यक्ष सबैं धन्यबादको पात्र हुनु भएको सदस्य यादबले जानकारी दिदै खुशि समेत ब्यक्त गर्नु भयो । बि.स. २०५८ साल देखि हाल सम्म सेवा आयोग खुलेको थिएन् । अनबरत सेवा गरेका कर्मचारी तथा शिक्षकहरुको सेवा आयोगले बिज्ञापन मार्फत स्थायी प्रकियाको थालनी गर्ने भएको छ । ६८ जना शिक्षक तथा कर्मचारीहरु सेवा आयोग मार्फत बि.स. २०५७ सालमा स्थायी भएका थिए तर हाल सम्म पनि सेवा आयोग नखुल्दा बढुवा, ग्रेड तथा अन्य बृद्धिबिकासका कुनै काम पनि हुन सकेको थिएन । अब खुल्न लागेको सेवा आयोगबाट १ सय २ जना बिभिन्न तहका कर्मचारी, ४४ जना कर्मचारीहरुको बढुवा, २४ जना आन्तरिक तथा ७३ जना बिषेशबाट स्थायी हुने प्रकियामा सहभागि हुनेछन् । यसै गरी बिभिन्न बिषयगत अध्यापनरत ७३ जना शिक्षकहरु सेवा आयोगमा सहभागि हुनेछन् । सबैको नियम संगत नै काम प्रकिया अघि बढ्ने छ यसैमा सबैको कल्याण अनि राम्रो हुने कुरा सदस्य महेन्द्र नारायण यादबले जानकारी दिनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न