Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिपी धरानको मातृशिशु स्याहार केन्द्र भवन ठेक्कामा अनियमितताको आशंका : छानबिन सुरू

2017 Nov 17 4:57 PM 38

विज्ञापन

Birat Cancer Hospital
बिपी धरानको मातृशिशु स्याहार केन्द्र भवन ठेक्कामा अनियमितताको आशंका : छानबिन सुरू
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातृशिशु स्याहार केन्द्र भवनमा प्रक्रिया मिचेर ठेक्का लगाएर निर्माण थालिएको  अनियमितता भएको आशंकामा अध्ययन गर्न एक समिति गठन भएको छ ।स्वास्थ्य सचिव डा. किरण रेग्मी संयोजक रहेको ३ सदस्यीय समिति प्रतिष्ठानको बिहीबार सम्पन्न ४०औं सिनेट बैठकले गठन गरेको छ। उक्त समितिले प्रतिष्ठानको मातृशिशु स्याहार केन्द्र भवनको ठेक्का प्रक्रियाको विषयमा अध्ययन गरी  तीन साताको समयमा उक्त प्रतिवेदन आगामी महिना हुने सिनेट बैठकमा पेश गर्ने निर्णय भएको छ । अघिल्लो उपकुलपति डा. बिपी दासले आफ्नो पदावधि सकिन लागेको बेलामा मन्त्रालय तथा आन्या निकायसंग संबन्य नगरी  ठेक्का लगाएका थिए । ७६ करोड लागत अनुमान तात्कालीन सिनेट बैठकले भवनका लागि स्वीकृत गरे पनि पूर्वउपकुलपति डा. दासले परामर्शदाता नियुक्ति गरेपछि लागत चार गुणा बढी सवा २ अर्ब पुगेको थियो ।उपकुलपति दासले यति ठूलो लागतको योजना सुरु गर्दा बजेट कसरी व्यवस्थापन गर्ने भनेर सुनिश्चित नभई नै  हतारमा ठेक्का लगाएर निर्माण सुरु गरेका थिए । कमिसनको खेलमा प्रक्रिया पूरा नगरी ठेक्का लगाएको भन्दै दासको यस कार्यको विरोध हुँदै आएको थियो । स्वास्थ्य मन्त्रालयबाट एमसिएच भवन बनाउन  सहमति भए पनि सिनेट बैकठले भवनका लागि ७६ करोड मूल्यांकन स्वीकृत गरेको थियो । सोही सिनेट बैठकले प्रतिष्ठानका कर्मचारीको मासिक महँगी भत्ता १ हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै, मेडिकल तथा डेन्टल इन्र्टनहरूको भत्तामा १ हजार वृद्धि गर्ने, पेन्सन पाउने शिक्षक तथा कर्मचारीको हकमा अन्य निजामति कर्मचारीजस्तै दसैं खर्च समावेश हुने निर्णय गरेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकको सहुलियत उपचारबापतको खर्च  उपलब्ध गराउने, प्रतिष्ठानमा लामो समयावधिसम्म कार्य गरी निवृत्त भएका शिक्षक÷कर्मचारीका सन्तानले उपलब्ध कोटामा परीक्षा दिन पाउने, सुवर्ण फार्मेसी, हरैंचाको सम्बन्धमा थप अध्ययन गरी अगामी सिनेटमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।सिनेट बैठक स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति दीपक बोहराको अध्यक्षतामा भएको थियो । बैठकमा उपकुलपति डा. आरके रौनियार, अस्पताल निर्देशक डा. गौरीशंकर, शिक्षाध्यक्ष डा. गुरु खनाल साहलगायत सिनेट सदस्य सहभागी थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न