Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन कांग्रेसको पोल वाँड्ने कार्य विरुद्ध उजुरी

2017 Nov 25 9:51 AM 49

विज्ञापन

Birat Cancer Hospital
निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन कांग्रेसको पोल वाँड्ने कार्य विरुद्ध उजुरी
उर्लाबारी  । नेपाली कांग्रेस मोरङ ३ का उम्मेदवार सुनील शर्मा न्यौपाने लगायतले लगाताररुपमा विभिन्न प्रलोभनमार्फत भोट मागेर ठाडो रुपमा निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्लाको कानेपोखरी क्षेत्रका स्थानीयले निर्वाचन कार्यालयमा उजुरी गरेका छन् ।p2 कानेपोखरी क्षेत्रका वाम गठवन्धन पक्षका ताराबहादुर काफ्ले, सूर्यबहादुर धिमाल, मनोज राजवंशी, भोलाप्रसाद अधिकारी, टेकबहादुर तामाङ, राजकुमारी इङ्नाम, चरण गुरुङ, गोविन्द अधिकारी, गोविन्द न्यौपाने, दानबहादुर वस्नेत सहितले हस्ताक्षर गरी क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी गर्नुभएको हो । काफ्लेको अगुवाईमा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई निर्वाचन आचारसंहिता विरुद्ध गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्न माग गरिएको छ । उजुरीमा मोरङ ३ का कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नोवेल अस्पताल सञ्चालक शर्माका साथै प्रदेश क का उम्मेदवार सूयर्माराज राईले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको उल्लेख गरिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रममा कांग्रेस उम्मेदवारहरुबाट गएराती कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित नर्सरीडाँडा र गुरुङडाँडामा विजुलीका २४ वटा पोल झार्ने काम भएको छ । त्यस्तै, नोवेल अस्पतालको नाम लिएर उम्मेदवार शर्माले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रुख चुनाव चिन्हलाई भोट मागी आचारसंहिता उल्लंघन गरेको उजुरीमा उल्लेख छ । त्यसैगरी, उम्मेदवार शर्माले मठ मन्दिर, युवा क्लबलाई रकम प्रदान गर्दै ह्यूमपाइप लगायतका सामग्री वितरण गर्दै आएको कुरा जनाइएको छ । गएराती ७ बजेको समयमा स्थानीयले एकाएक पोल झारेको कुरा थाहापाई कहाँबाट पोल राती ल्याएको भनेर सोध्दा सुनील शर्माले पठाएको भन्दै कांग्रेस पक्षका नगेन्द्र पौडेल, मणिराज लिम्बू सहितका युवाहरु कड्किएका थिए । स्थानीयले प्रहरीलाई सो कार्य रोक्न खबर गरेपनि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख राजन कार्कीले भनें सोधीखोजी गर्ने मानिसहरु हिँडेपछि पोल झार्न लगाएको बुझिएको छ । मोरङ ३ को पथरीशनिश्चरे, कानेपोखरी लगायतका क्षेत्रमा कांग्रेसबाट निशुल्क स्वास्थ्य शिविरका नाममा भोट माग्ने काम भइरहेको भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् वाम गठवन्धनका उम्मेदवार भानुभक्त ढकालले यसअघि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउनु भएको थियो । तर पनि सो कार्य लगातार संचालन भइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला