कानेपोखरी क्षेत्रका वाम गठवन्धन पक्षका ताराबहादुर काफ्ले, सूर्यबहादुर धिमाल, मनोज राजवंशी, भोलाप्रसाद अधिकारी, टेकबहादुर तामाङ, राजकुमारी इङ्नाम, चरण गुरुङ, गोविन्द अधिकारी, गोविन्द न्यौपाने, दानबहादुर वस्नेत सहितले हस्ताक्षर गरी क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी गर्नुभएको हो । काफ्लेको अगुवाईमा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई निर्वाचन आचारसंहिता विरुद्ध गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्न माग गरिएको छ । उजुरीमा मोरङ ३ का कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नोवेल अस्पताल सञ्चालक शर्माका साथै प्रदेश क का उम्मेदवार सूयर्माराज राईले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको उल्लेख गरिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रममा कांग्रेस उम्मेदवारहरुबाट गएराती कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित नर्सरीडाँडा र गुरुङडाँडामा विजुलीका २४ वटा पोल झार्ने काम भएको छ ।
त्यस्तै, नोवेल अस्पतालको नाम लिएर उम्मेदवार शर्माले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रुख चुनाव चिन्हलाई भोट मागी आचारसंहिता उल्लंघन गरेको उजुरीमा उल्लेख छ । त्यसैगरी, उम्मेदवार शर्माले मठ मन्दिर, युवा क्लबलाई रकम प्रदान गर्दै ह्यूमपाइप लगायतका सामग्री वितरण गर्दै आएको कुरा जनाइएको छ । गएराती ७ बजेको समयमा स्थानीयले एकाएक पोल झारेको कुरा थाहापाई कहाँबाट पोल राती ल्याएको भनेर सोध्दा सुनील शर्माले पठाएको भन्दै कांग्रेस पक्षका नगेन्द्र पौडेल, मणिराज लिम्बू सहितका युवाहरु कड्किएका थिए । स्थानीयले प्रहरीलाई सो कार्य रोक्न खबर गरेपनि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख राजन कार्कीले भनें सोधीखोजी गर्ने मानिसहरु हिँडेपछि पोल झार्न लगाएको बुझिएको छ ।
मोरङ ३ को पथरीशनिश्चरे, कानेपोखरी लगायतका क्षेत्रमा कांग्रेसबाट निशुल्क स्वास्थ्य शिविरका नाममा भोट माग्ने काम भइरहेको भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् वाम गठवन्धनका उम्मेदवार भानुभक्त ढकालले यसअघि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउनु भएको थियो । तर पनि सो कार्य लगातार संचालन भइरहेको छ । निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन कांग्रेसको पोल वाँड्ने कार्य विरुद्ध उजुरी
कानेपोखरी क्षेत्रका वाम गठवन्धन पक्षका ताराबहादुर काफ्ले, सूर्यबहादुर धिमाल, मनोज राजवंशी, भोलाप्रसाद अधिकारी, टेकबहादुर तामाङ, राजकुमारी इङ्नाम, चरण गुरुङ, गोविन्द अधिकारी, गोविन्द न्यौपाने, दानबहादुर वस्नेत सहितले हस्ताक्षर गरी क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी गर्नुभएको हो । काफ्लेको अगुवाईमा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई निर्वाचन आचारसंहिता विरुद्ध गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्न माग गरिएको छ । उजुरीमा मोरङ ३ का कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नोवेल अस्पताल सञ्चालक शर्माका साथै प्रदेश क का उम्मेदवार सूयर्माराज राईले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको उल्लेख गरिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रममा कांग्रेस उम्मेदवारहरुबाट गएराती कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित नर्सरीडाँडा र गुरुङडाँडामा विजुलीका २४ वटा पोल झार्ने काम भएको छ ।
त्यस्तै, नोवेल अस्पतालको नाम लिएर उम्मेदवार शर्माले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रुख चुनाव चिन्हलाई भोट मागी आचारसंहिता उल्लंघन गरेको उजुरीमा उल्लेख छ । त्यसैगरी, उम्मेदवार शर्माले मठ मन्दिर, युवा क्लबलाई रकम प्रदान गर्दै ह्यूमपाइप लगायतका सामग्री वितरण गर्दै आएको कुरा जनाइएको छ । गएराती ७ बजेको समयमा स्थानीयले एकाएक पोल झारेको कुरा थाहापाई कहाँबाट पोल राती ल्याएको भनेर सोध्दा सुनील शर्माले पठाएको भन्दै कांग्रेस पक्षका नगेन्द्र पौडेल, मणिराज लिम्बू सहितका युवाहरु कड्किएका थिए । स्थानीयले प्रहरीलाई सो कार्य रोक्न खबर गरेपनि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख राजन कार्कीले भनें सोधीखोजी गर्ने मानिसहरु हिँडेपछि पोल झार्न लगाएको बुझिएको छ ।
मोरङ ३ को पथरीशनिश्चरे, कानेपोखरी लगायतका क्षेत्रमा कांग्रेसबाट निशुल्क स्वास्थ्य शिविरका नाममा भोट माग्ने काम भइरहेको भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् वाम गठवन्धनका उम्मेदवार भानुभक्त ढकालले यसअघि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउनु भएको थियो । तर पनि सो कार्य लगातार संचालन भइरहेको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4