Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आफनो क्षेत्रमा थालेको काम पूरा गर्छु – अमृत अर्याल क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार

2017 Nov 25 10:07 AM 28

विज्ञापन

Birat Cancer Hospital
आफनो क्षेत्रमा थालेको काम पूरा गर्छु – अमृत अर्याल क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार
विराटनगर । नेपालीकांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा उम्मेदवार अमृत अर्यालले आफूले सुरु गरेको कामलाई पूर्णता दिन कांग्रेसका तर्फबाट पुन:उम्मेदवार बनेको बताउनु भएको छ । विराटनगरस्थित हटताली हाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले आफूले चार वर्षे कार्यकालमा मोरङ क्षेत्र नम्बर–५ मा ६० करोड रुपैयााभन्दा बढीको विकासको काम गरेको बताउनु भयो । उहााले ४ वटा पक्कीपुल बनाउनुका साथै सरकारका तर्फबाट एक चप्परी माटो नलगाएको स्थानमा पनि आफूले पिच सडक बनाएको उल्लेख गर्नुभयो । अर्यालले नेकपा एमाले र माओवादी केन्द्रको वामगठबन्धन मुलुक र लोकतन्त्रको हितमा नभएको दाबी गर्नुभयो । उहााले वामगठबन्धन पहाड र मधेसको सम्बन्धलाई बिगार्ने उद्देश्यका साथ भएको चर्चा गर्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवार फूलकुमार लालवानी, प्रदेशसभाका उम्मेदवार राजेश गुप्ता, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, ट्ेरड युनियन नेता लक्ष्मणबहादुर बस्नेत, कांग्रेस नेता हसन अन्सारी, नेविसंघका सहमहामन्त्री कृष्ण कार्की, ट्ेरड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशिल कोइराला लगायतले लोकतन्त्रलाई बलियो बनाउन र मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रका मोरङ जिल्ला सदस्य आइतबहादुर तामाङ, मित्रलाल गिरी, पूर्व गणतान्त्रिक फोरमका मोरङ जिल्ला संगठन विभाग प्रमुख प्रकाश साहसहित २ सयभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई उम्मेदवार अर्याल सहित विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीलगायतले अविर र मालालगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?