Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गाली हैन,विकासका एजेण्डामा प्रतिस्पर्धा गरौ“– प्रतिनिधीसभा क्षेत्र नम्वर १-वाम गठबन्धनका साझा उम्मेदवार-- घनश्याम खतिवडा

2017 Dec 4 8:56 PM 39

विज्ञापन

Birat Cancer Hospital
गाली हैन,विकासका एजेण्डामा प्रतिस्पर्धा गरौ“– प्रतिनिधीसभा क्षेत्र नम्वर १-वाम गठबन्धनका साझा उम्मेदवार-- घनश्याम खतिवडा
उर्लाबारी ।  चुनाव प्रचारप्रसारका क्रममा ठुला ठुला आमसभा गर्ने र विपक्षीलाई भाषण मार्फत विरोध गर्ने कुरा नौलो होईन । अझ झुटा आश्वसन वाडेर भाषण र आप्नो जितपछि आफनो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारहरुको पनि यतिखेर कमी छैन । चुनावी प्रतिस्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारहप्रति आरोप नै मुख्य हतियार बनाएको पाईन्छ । ब्यक्तिगत लाञ्छानदेखि राजनितिक आरोपकै भरमा मतदाताहरुलाई प्रभावमा पार्न पनि दल तथा उम्मेदवार हावी देखिन्छन । सभामा होस या घरदैलोमा उनी आफनो विकासका एजेण्डालाई नै प्राथमिकता दिन्छन् ।ghanna उनी मोरंगको प्रतिनिधीसभा क्षेत्र नम्वर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार घनश्याम खतिवडा । नेकपा एमालेका कोशी अञ्चल सदस्य खतिवडा आफनो  क्षेत्रका मतदाताहरुलाई भेटन र मत माग्न व्यस्त छन । चुनावी आमसभा भन्दा घरदैलो कार्यक्रमलाई नै बढी समय दिएका उनी गठबन्धनका प्रदेश सभाका उम्मेदवारसगै मतदाताको खेतबारीसम्मै पुगेर सबैलाई भेट्ने गरेका छन् । शालिन र सदाचारी नेताको छवी बनाएका खतिवडाको प्रचार शैलीपनि त्यस्तै छ । साना–साना भेटघाट तथा घरदैलो सहित चुनावी अभियानमा रहेका खतिवडाले मतदातालाई भेटेर सबैभन्दा पहिले उनीहरुका समस्या तथा गुनासाहरु सुन्ने गरेका छन् । मतदाताको गुनासोहरु सुनिसकेपछि त्यसक्षेत्रका लागि आफनो  गरेका विकास निर्माण र आगामी योजनाहरुको वारेमा मतदाताहरुलाई जानकारी गराउँछन । साथै मतदाताले देखाएका समस्या समाधानको प्रतिवद्धता व्यक्त गर्दै मत दिन अनुरोध गर्छन । अन्य उम्मेदवारहरु भन्दा फरक शैलीमा मतदाताहरुसगँ भेटघाट गर्ने नेता खतिवडाको चुनावी कार्यक्रमहरुमा विपक्षीहरु पनि सहभागी हुन्छन । जननेता मदन भण्डारीको जस्तो भाषण गर्ने कलामा माहिर खतिवडाको भाषण सुन्नका लागि विपक्षी दलका कार्यकर्ताहरु समेत आउने गर्छन् । विकासप्रेमी, युवा र साझा नेता हुन घनश्यामलाई एक पटक अवसर दिइनुपर्छ कांग्रेसमा भोट खसाल्दै आएका उर्लाबारीका गौरव न्यौपानले भने ‘नया सोचका साथ सधै रचनात्मक कार्य गर्नुपर्छ भन्ने धारणा राख्ने र मदनभण्डारीको जस्तै भाषण गर्नुहुन्छ । उहाबाट म एकदमै प्रभावित छु । यस पटक वामगठबन्धनलाई नै भोट हाल्छु । ’ खतिवडा भन्छन्–‘ जनताको मन जितेर विकास निमार्णका काम गर्छु । ’ उनका अनुसार जनताको जीवनस्तर माथी उठाउनका लागि र विकास निमार्ण गर्नका लागि राजनिती गरेको बताए । चुनावी मैदानमा रहेका खतिवडाले अहिले १० हजार मतअन्तरले विजयी हुने विभिन्न व्यक्तिहरुले अनुमान गरेका छन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न