Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सर्वोच्चमा निर्वाचन विवाद

2017 Dec 23 10:14 AM 27

विज्ञापन

Birat Cancer Hospital
सर्वोच्चमा निर्वाचन विवाद

निर्वाचन बदर माग गर्दै संखुवासभामा कांग्रेसका दीपक खड्का, धनुषामा ३ माओवादी केन्द्रका रामसिंह यादव र तनहुँमा कांग्रेसका प्रदीप पौडेलले  रिट दायर गरेका छन् ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले  धनुषा ३ को विवादमा  निर्वाचन आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । उक्त क्षेत्रमा पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले रिट दर्ता गराएका हुन् । यादवले तेस्रो स्थान ल्याएको धनुषा ३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधि निकटतम प्रतिद्वन्द्वी हुन् । सर्वोच्चले अन्तरिम आदेशको छलफलमा दुवै पक्षलाई बोलाएको छ ।

माओवादी केन्द्रका रामसिंह यादवले रिटमा यादवले मौन अवधिमा स्थानीय टेलिभिजन र अनलाइनले वाम गठबन्धनका तर्फबाट  राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने झूटो समाचार प्रवाह गरेकाले आफू पराजित भएको दाबी गर्दै निर्वाचन बदरको माग गरेका छन् । तनहुँको निर्वाचनमा पनि मतगणनामा धाँधली भएको भन्दै परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई झिकाएको छ । कांग्रेस उम्मेदवार प्रदिप पौडेलले दायर गरेको रिटमा मतगणनामा धाँधली भएको भन्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएका छन् ।   सर्वोच्चको संवैधानिक इजलासमा संखुवासभाको मतगणना विवाद पनि  पुगेको छ । कांग्रेस उम्मेदवार दीपक खडकाले मतगणनामा स्वच्छता नभएको भन्दै रिट दर्ता गराएका थिए । संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न र अन्तरिम छलफलमा उपस्थित आदेश दिएको तथा निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायत कागजात झिकाउनसमेत आदेश दिइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?