Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सांसदले पार्टीभित्र ‘बबण्डर’ मच्चाएपछि संघीय फोरम तत्काल सरकारमा सहभागी नहुने

2018 Mar 19 4:06 PM 33

विज्ञापन

Birat Cancer Hospital
सांसदले पार्टीभित्र ‘बबण्डर’ मच्चाएपछि संघीय फोरम तत्काल सरकारमा सहभागी नहुने
काठमाडौं। वाम गठबन्धनको वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्रको आन्तरिक कलहले समस्या उत्पन्न भएको छ । मन्त्री बन्न दुईजना समानुपातिक सांसदले पार्टीभित्र ‘बबण्डर’ मच्चाएपछि संघीय फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको हो । संघीय फोरमभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधन र अन्य मुद्दाहरूका बारेमा छलफल गरेर मात्रै सरकारमा सहभागी हुने वा नहुनेबारे अर्को निर्णय गर्नेछन् । प्रधानमन्त्री ओलीले संघीय फोरमका लागि स्वास्थ्य र सहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री दिने जनाएको उच्च स्रोतको भनाइ छ । ती मन्त्रालय प्रधानमन्त्रीले खाली राखिदिएका छन् । तर, फोरमभित्रको आन्तरिक विवादले सरकारमा जानेबारेमा अनिश्चितता उत्पन्न भएको छ । अध्यक्ष यादवले आन्तरिक विवाद मिलाउन नयाँ कदम उठाएका छन् । यादवको नयाँ कदमले मन्त्री बन्न खुट्टा उचालेर बसेका समानुपातिक सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठलाई ठूलो धक्का लागेको छ । नेतृ यादव र श्रेष्ठले आफूलाई मन्त्री नबनाउने हो भने संघीय फोरमले ठूलो दुर्घटना व्यहोर्नुपर्ने भनेर चेतावनी दिइसकेका छन् । संघीय फोरमभित्र प्रत्यक्षमा निर्वाचितलाई पहिलो प्राथमिकता दिनेपर्ने बहुमत नेता र सांसदको जोड छ । नेतृ यादवले आफू महिला भएको, पूर्वमन्त्री र मधेसी भएकाले मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको ती पदाधिकारीले बताए । श्रेष्ठले आफू राजधानीबासी, पार्टीको सहध्यक्ष र जनजाति भएका कारण मन्त्री पाउनुपर्ने तर्क गर्ने गरेका छन् । राजपा नेपालभित्र क्षेत्रीयता, जातीयता र समावेशिताको सिद्धान्त अपनाउन नसक्दा हृदय त्रिपाठीसहितका नेताहरूले पार्टी छाडेर अलग भएको सन्दर्भ पनि संघीय फोरमको बैठकमा उठेको थियो । प्रदेश २ ले प्रदेश ५ लाई पेलान गरेपछि बाध्य भउर त्रिपाठीसहितका नेताहरूले पार्टी छाडेर एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेको प्रसंग उठेको स्रोतले जनाएको छ । अध्यक्ष यादव र नेतृ रेणु यादव सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्छन् । उनीहरू यादव समुदायका हुन् । राजेन्द्र श्रेष्ठका बारेमा अधिकांश सांसद र पार्टी नेतृत्व सकारात्मक छैन । श्रेष्ठले राजधानीमा संघीय फोरमको संगठन गर्न नसकेको आरोप छ । प्रतिनिधि सभा निर्वाचनमा संघीय फोरमले राजधानीबाट जम्मा दुई हजार मत पाएको चर्चा पनि तीनकुनेस्थित पार्टी मुख्यालयमा हुने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?