Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी

2018 Mar 23 6:20 AM 43

विज्ञापन

Birat Cancer Hospital
प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी
विराटनगर । धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ । टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका विशाल मण्डलले ३८ रन लिइएका थिए । टस जीतेर ब्याटीङ्ग गरेको कदमाहाले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रन जोड्दा पैचाका लागि सर्वाधिक रन लिन सफल मण्डलले ३ विकेट लिइएका थिए । मण्डल खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । स्थानीय जनकल्याण् विकास समाजद्वारा आयोजित क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागीता रहेको आयोजकका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिनुभयो । खेलमा विजेताले ५५ हजार नगद र उप–विजेतालाई ३१ हजार ५ सय नगद राशीको पुरस्कार प्रदान गरिने छ । यसैगरी मेन अफ द सिरिजले १ ग्राम सुन पाउनेछन् । अर्को खेल शनिबार विहान १० बजेदेखि रंजनी र कटहरी तथा दिउँसो २ बजे बवियाविर्ता र कालाबन्जरबीच हुने आयोजकका दिलिपकुमार महतोले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगिताको सांसद एवं पूर्व मन्त्री शिवकुमार मण्डलले उद्घाटन गर्नु भएको थियो । उहाँले गाउँ–गाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुदाँ संभावित राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्रिकेट ब्याटीङ्ग गर्दै खेलको उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा कटहरी, धनपालथान गाउँपालिका एवं रंगेली नगरपालिका र विराटनगर महानगरपालिकाका १६ वटा टिमको सहभागिता रहेको छ । जनकल्याण विकास समाजले हंश बाहिनी आधारभूत विद्यालयमा आयोजना गरेको प्रतियोगितामा दुई लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक समितिका अध्यक्ष श्रीराम चौधरीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार र दोस्रो हुनेले ३१ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् । उहाँका अनुसार म्यान अफ दी सिरिजलाई एक ग्राम सुन पुरस्कार प्रदान गरिने छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न