Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उदयपुरको टाईपब्रेकरमा चर्चब्वाईजलाई १ का विरुद्ध ४ गोल गर्दै संकटा विजयी

2018 Mar 28 12:27 PM 29

विज्ञापन

Birat Cancer Hospital
उदयपुरको टाईपब्रेकरमा चर्चब्वाईजलाई १ का विरुद्ध ४ गोल गर्दै संकटा विजयी
उदयपुर  । चर्चब्वाईज युनाईटेडलाई टाईपब्रेकरमा १ का विरुद्ध ४ गोल गर्दै संकटा क्लव कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । खेल अवधिमा २–२ गोलको बराबरी भएपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो । खेलको ४६ औं मिनेटमा चर्चका भुवन वस्नेतले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा चर्चका नाईजेरियन खेलाडी साईला ईल्भाले संकटाका म्याक्सवेललाई लडाएपछि पाएको फ्रिकलाई डिबक्समा नियन्त्रणमा लिएर संकटाका टम्पी ईरनेटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६९ औं मिनेटमा भुषण सुब्बाले आकर्षक गोल गर्दै चर्चलाई फेरी अग्रता दिलाए । तर ९२ औं मिनेटमा टम्पीले नै अर्को गोल फर्काएपछि खेल बराबरीमा सकियो । अन्तत टाईपब्रेकरमा संकटाका अनिल गुरुङ्ग , प्रकाश बुढाथोकी , विश्व अधिकारी र सरोज विश्वकर्माले गोल गरे । चर्चका लागि विश्वास श्रेष्ठको प्रहार मात्रै गोलमा परिणत भयो । चर्चका रोशन पहाडीको पेनाल्टी संकटाका गोल रक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए , पाल्साङ्ग लामाको पेनाल्टी गोलपोष्टभन्दा माथिबाट बाहिरियो । मंगलबारको खेलमा संकटाका टम्पी ईरनेट म्यान अफ द म्याच भए । उनले नगद ५ हजार पाए ।जित संगै संकटा अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार पहिलो सेमी फाईनल खेल झापा ११ र सहारा क्लब पोखराबीच हुनेछ ।संकटाले विहिबार गोर्खाब्वाईज रुपन्देहीसँग प्रतिष्पर्धा गर्नेछ । ८ टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख ट्रफी हात पार्नेछ । उपविजेताले नगद २ लाख ५१ हजार हात पार्ने मूल आयोजक समितिका अध्यक्ष दिवश कटुवालले बताए । गोल्डकप आगामी चैत्र १७ गते सकिनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?