Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
बिचार

पहिलो पाईला नेपाल–बिराटनगरको शैक्षिक सामाग्री कलेक्सन अभियान– सुमन खड्का( पूर्वाञ्चल संयोजक)

2018 Mar 28 1:29 PM 86

विज्ञापन

Birat Cancer Hospital
पहिलो पाईला नेपाल–बिराटनगरको शैक्षिक सामाग्री कलेक्सन अभियान– सुमन खड्का( पूर्वाञ्चल संयोजक)
बिराटनगर । पहिलो पाईला नेपाल–बिराटनगरले सामाजिक कामलागि शैक्षिक गुणस्तर उकास्न तथा बिपन्न बर्गका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री कलेक्सन अभियान शुरु गरेको छ । आगामी शैक्षिक सत्र देखि बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न बर्गका लागि केही सहयोग गर्ने अभिप्रायले सय जना बिद्यार्थीहरुलाई कपि किताब लगायतका स्टेशनरी सामग्रीहरु बितरण गर्ने र सो अभियानलाई पारदर्शि बनाउने लक्ष्य रहेको पहिलो पाईला नेपालका पुर्वाञ्चल संयोजक सुमन खडकाले बताए । यस अभियानलाई बिश्वस्त तुलाउन हामी र हाम्रो टिमले केही सबैका लागि जानकारी होस् र अभियानलाई सम्पन्न गर्न केही सुचना सर्बसाधारण तथा आदरणीय महानुभावहरुलाई जारी गरिएको समेत संयोजक खड्काले बताए । जुन कुरा प्रस्तुत गरिएको छ ः– १.के हो शिक्षा अभियान ? विपन्नताको उच्च रेखा मुनि रहेका विराटनगरका केही विद्यार्थी हरुको शैक्षिक गुणस्तरमा सहायता गर्ने हेतुले पहिलो पाईला नेपाल “विराटनगर“ को आयोजना मा थालनी गरिएको एक अभियान हो शिक्षा अभियान । यश अभियान मा विराटनगरका १०० विद्यार्थी लाई कपि किताब लगायत स्टेसनरी सामग्रीहरु वितरण गर्ने लक्ष्य लिईएको छ । २.यो कसको अभियान हो ? शिक्षा मा गुणस्तरीयता ल्याउन सक्ने हो भने परिवर्तन र विकास सम्भब छ भन्ने कुरालाइ आत्मसात गर्दै पहिलो पाईला नेपाल “विराटनगर“ द्रारा आयोजना गरिएको एक अभियान भएतापनि यो आफ्नो गाउँ ठाउँ समाज र राष्ट्रलाई माया गर्ने सम्पुर्ण नागरिक को अभियान हो यो ! ३. सामग्री कसरी संकलन गरिन्छ त? भनिन्छ एकजनाले थुके सुकेर जान्छ हजार जाना ले थुके नदि बन्दछ !! हो यहि सिद्धान्तलाई आत्मसात गर्दै सम्पुर्ण आफ्नो गाउँ, ठाउँ र राष्ट्र लाई माया गर्ने युवा हरु बाट आफुले सक्ने सहयोग संकलन गर्ने लक्ष्य रहेको छ। ४.अभियानमा कसरी जोडिने ? यस अभियानलाई सफल र प्रभावकारी बनाउनका लागि हामीलाई तपाइ जस्तै उत्साहि , सक्षम युवा अनि जागरुक नेपालीको साथ चाहिन्छ । तपाइ यस अभियानमा स्वयम्सेवकको भुमिका निर्वाह गरि सहयोग संकलन गर्न देखि वितरणका साथै प्रत्येक अवस्थामा तपाइको क्षमता र सिप अनुसारको सहयोग पुर्याउन सक्नु हुनेछ । ५.अभियानमा समय दिन म असक्षम छु मैले के सहयोग गर्न सक्छु ? सहयोगको भावनाका लागि तपाइलाइ धन्यवाद । यो अभियान विसुद्ध सामाजिक , गैरनाफामुखि र तपाइ हाम्रै स्रोत साधनबाट सञ्चालन गर्न लागिएकाले यसका लागि आवश्यक आर्थिक सहयोग समेत उपलब्ध गराउन सक्नुहुनेछ । ६. मेरो सहयोग नकारात्मक प्रयोग त हुने होइन ? तपाइको शंका स्वभाविक छ । तर तपाइ विश्वस्त हुनु होस् । तपाइको सहयोगको सकारात्मक प्रयोगका लागि हामी पुर्णत सर्तकता र पारदर्शिता अपनाउने छौ । अभियानको खर्चका साथै सहयोगहरुको विवरण हाम्रो फेसबुक पेज मार्फत सार्वजनिक गर्नेछौ । थप जानकारीका लागि शिक्षा अभियान पहिलो पाईला नेपाल "विराटनगर" Suman Khadka : 9842243723

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?