Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्छौः मन्त्री यादव

2018 May 1 7:56 PM 30

विज्ञापन

Birat Cancer Hospital
संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्छौः मन्त्री यादव
चितवन / उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिनुभएको छ । प्रेस सेन्टर नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गर्नुभयो । “सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै छौं,उहाँले भन्नुभयो,चलेका उद्योगलाई सहयोग गर्छौ,नचलेकालाई राष्ट्रियकरण गर्छौ ।” सरकारले निजिकरण गरेका कतिपय उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको यादवले बताउनुभयो । उहाँले दाता खाजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गर्नुभयो । बैदेशिक लगानी,नीजि क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने उहाँको भनाई छ । बाइट मन्त्री यादवले देशमा अब धमाधम उद्योग कलकारखाना संचालन हुने भन्दै छिट्टै सरकारले फलाम उद्योग संचालन गर्न लागेको जानकारी दिनुभयो । “राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको हो, उनले भन्नुभयो, नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन सकेन ।” नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको उहाँको भनाई छ । “सरकारी धन भनेपछी जस्ले पनि लुट्न खोज्ने र खाइहालौं भन्ने प्रवृती छ,मन्त्री यादवले भन्नुभयो,गाँउको विकास गराउन पाठाएको रकम पनि कसरी खाँउ भन्नेमा मात्रै सबैको केन्द्रित छन् ।” देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उहाँले बताउनुभयो । अर्को प्रसंगमा मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता आबश्यक रहेको स्पष्ट पार्नुभयो

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?