Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरका समाजसेवी गोयलसहित पाँच जनालाई काठमाडौंमा सम्मान

2018 May 1 8:10 PM 51

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरका समाजसेवी गोयलसहित पाँच जनालाई काठमाडौंमा सम्मान
काठमाडौ । झापा मारवाडी समाजले विराटनगरका समाजसेवी दीनबन्धु गोयलसहित मारवाडी समुदायका पाँच जनालाई सम्मान गरेको छ । समाजले काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा राष्ट्रिय मारवाडी महोत्सवमा गोयलसहित पाँच जनालाई सम्मान गरेको हो । भृकुटी मण्डपमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उद्योगी एवम् सांसद् विनोद चौधरी, प्रदेश सभासद् ओेमप्रकाश सरावगी, डाक्टर जगदीशप्रसाद अग्रवाल र साहित्यकार लक्ष्मण नेवटियालाई सम्मान गरिएको थियो । सभामुख कृष्णबहादुर महराले गोयलसहित पाँचै जनालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरे । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले सम्मानित सबैलाई माला पहि¥याए । झापा मारवाडी समाजका अध्यक्ष मदन मित्तलले भद्रपुरमा जन्मिएर त्यहीँ विद्यार्थी जीवन बिताएका समाजसेवी गोयलको कर्मक्षेत्र विराटनगर रहे पनि झापामा उनले विगत १५ वर्षदेखि सेवाका कार्यलाई निरन्तरता दिएको जानकारी दिए । झापाका एक दर्जन सामुदायिक विद्यालयका छात्रछात्रालाई गोयलले प्रत्येक वर्ष छात्रवृत्रि, पोशाक र छात्रवृत्ति वितरण गरिरहेको अध्यक्ष मित्तलले उल्लेख गरे । कार्यक्रममा मारवाडी संस्कृति झल्काउने विभित्र सांस्कृतिक कार्यक्रम, राजस्थानी कठपुतली नाच, माटाका भाँडा, लाहाका चुरा, मोही पार्ने कला, अत्र पिस्ने जाँतोको प्रदर्शन गरिएको थियो । कार्यक्रममा मारवाडी समुदायले रुचाउने बाजराको रोटी, बाजराकै खिचडी, बिकानेरी पराठा, पञ्चमेलाको साग, दालबाटी चुर्मा, मुङ दालको हलुवा, राजस्थानी छोकुवा भात, कडी लगायतका २० भन्दा बढी राजस्थानी परिकार राखिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला