Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ओली सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको राजश्वमुखी बजेट

2018 May 30 7:35 AM 27

विज्ञापन

Birat Cancer Hospital
ओली सरकारको  आर्थिक वर्ष २०७५/७६ को बजेट : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको  राजश्वमुखी बजेट
विराटनगर ।सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले  संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाखको हुन आउने ६४.३ प्रतिशत र २३.९ प्रतिशत हुने पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँको अनुमानित आय व्यय सुनाएका हुन् । साथै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ अर्थात ११.८ प्रतिशत बजेट विनियोजन गरिएको हो । राजश्वलाई मुख्य श्रोत मानेको बजेटमा सोही अनुसार ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र थप ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदानबाट जुटाउने लक्ष्य राखेको छ । साथै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँको श्रोत प्रक्षेपण गरिएको छ । बजेटमा पूर्वाधार विकास, यातायात, रेल लगायतका ठूला आयोजनाहरुलाई महत्व दिइएको छ । नयाँ राजमार्गका साथै सुरुङ मार्ग, रेलमार्गका लागि समेत छुट्याइएको छ । यसैगरी भारतसँग सीमा जोडिएका तराई मधेसका जिल्लाहरुलाई मध्यपहाडी राजमार्गसम्म जोड्ने योजना पनि बजेटमा अघि सारिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?