Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्धको जागरुकता दिवस

2018 Jun 10 10:07 AM 25

विज्ञापन

Birat Cancer Hospital
ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्धको जागरुकता दिवस
जेष्ठ नागरिक बिरुद्ध गरिने दुब्र्यवहार बिरुद्ध १३ औ विश्व जागरुकता दिवसको अवसमा विराटनगरमा जेष्ठ नागरिक सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामीण विकास सेवा केन्द्र (एनआरडिसी) को आयोजना तथा विराट सेवा आश्रमको स्थानीय संयोजनमा जेष्ठ नागरिकको अधिकार सम्बन्धी जानकारी दिईएको हो । एनआरडिसीका अध्यक्ष मणिकुमार अज्र्यालले अहिले पनि जेष्ठ नागरिकहरुलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन नसकेको औल्याउँदै जेष्ठ नागरिकको सुरक्षाको लागि जेष्ठ नागरिक ग्रामको स्थापनाको लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । अधिवक्ता डिल्ली बहादुर कार्कीले जेष्ठ नागरिक सम्बिन्ध कानुनमा भएको ब्यवस्थाको बारेमा जानकारी दिएका थिए । उनले असाहय र जेष्ठ नागरिक सम्बन्धि आउने समस्या र कानुनी उपचारको बारेमा बताए । कार्यपत्र मार्फत जेष्ठ नागरिकका अधिकार, कर्तब्य, अहिले भोग्दै आएका समस्या र आगामी दिनमा आउनसक्ने समस्या सँगै समाधानको उपाय सहितको बारेमा जानकारी गराएका थिए महिला बालबालिका कार्यालय मोरङ प्रमुख दुर्गा भण्डारी बरालले जेष्ठ नागरिकको अधिकारलाई संबिधानमै ब्यवस्था भएपनि जेष्ठ नागरिकले बुझ्न नसकेको बताईन् । उनले जेष्ठ नागरिकलाई सरकारले सामाजिक सुरक्षा सम्बन्धि ब्यवस्था मात्र हैन सुरक्षाको दायित्व पनि राज्यको भएको औल्याईन् । प्रमुख अतिथि विराटनगर १० का वडा अध्यक्ष माधव प्रसाद वाग्लेले आजको दिनमा हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्न सके भोलीको दिनमा हामीले पनि सम्मान पाउने बताउनु भयो । प्राध्यापक डाक्टर खगेन्द्र आचार्यले जेष्ठ नागरिकलाई कानुनमा एउटा लेखेको भएपनि ब्यवहारमा लागु गर्नै सकस हुने बताए । बुढेशकालमा सामान्य समस्या आउने बितिकै कानुनको खोजी गर्न गयो भने परिवारबाट नै बहिस्करणमा पर्ने बढी जोखिम रहेको समेत उल्लेख गरे । विराट सेवा आश्रमको समन्वयमा भएको कार्यक्रममा ६० बढी जेष्ठ नागरिक र ज्येष्ठ परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?