Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी

2018 Aug 28 3:25 PM 11

विज्ञापन

Biratkhavar
बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी
संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई प्रभावकारी संगठनका रुपमा लैजानुपर्ने बताए । उनले बिमस्टेकको ढिला गरि सचिवालय स्थापना भएको उल्लेख गर्दै क्रियाशिल बनाउनुपर्ने बताए । ‘सक्रिय तथा प्रभावकारी सचिवालय अपेक्षा गरिएको छ’, ओलीले भने, ‘बडापत्र निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।’ बिमस्टेकको हालसम्म बडापत्र समेत तयार भएको छैन । स्थापनाको बीस वर्ष पुग्दा सन् २०१४ मा मात्र ढाकामा बिमस्टेकको सचिवालय स्थापना भएको छ । तर त्यसले दु्रतरुपमा काम गरेको छैन् यी यावतलाई द्रुत गतिमा लैजान आबश्यक भएकोले बिभिन्न देशबाट आउने हुने भिआइपीहरुको स्वागत त्यतिकै महत्वपुर्ण रहेको छ । तसर्थ कुन देशका भिआईपीहरु कहिले आउनु हुने भन्ने बारे जानकारी आबश्यक रहेको देखिन्छ । कुन देशका भिआईपी कहिले आउने ? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाडौ आउँदैछन् ।bbim2 सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्नेछन् । त्यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् । यसै सिरिसेना बुधबार २ः३५ बजे तथा छिरिङ वाङचुक बिहान ८ः०५ र प्रयुत बिहान १०ः १५ बजे काठमाडौ अवतरण हुनेछन् । त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् । मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन् भने हसिना पनि बिहीबारै बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकका सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीहरुको बैठक मंगलबार काठमाडौँमा शुरु भएको छ । सदस्य देशका परराष्ट्ररबाह्य मामिला र विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्रा्ष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिएका छन् । नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षता समेत गर्नुभएका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल हुनेछ । बिमस्टेक सम्मेलनका लागि बुधबार र बिहीबार काठमाडौँ उपत्याकामा जोररविजोर प्रणालीमा सवारी सञ्चालन हुनेछन् भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यात्रुबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु