Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अल्टिच्युड एयरको हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना

2018 Sep 9 11:01 AM 31

विज्ञापन

Birat Cancer Hospital
अल्टिच्युड एयरको हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना
काठमाडौ  । गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट निश्चल केसी, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ बर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको चुमनुबी गाउपालिका वडा नं. १ का छोवाङ नुर्बु र जापानीज नागरिक हिरोमी कोमात्सु रहेको प्रहरीले जनाएको छ । गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका वडा नम्बर १ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा अपरान्ह ३ बजे उद्धारको लागी गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो । गोरखाको सामागाँउबाट बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो । भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?