Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

बोक्सीको आरोप महिलामाथि निर्धात कुटपिट

Oct 14, 2018 8:31 AM
बोक्सीको आरोप महिलामाथि निर्धात कुटपिट
सप्तरी । सप्तरीमा बोक्सीको आरोपमा एक महिला माथि निर्घात कुटपिट गरीएको छ । तिलाठी कोइलाडी गाउँपालिका -८ की ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका हुन् । स्थानीय नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताइन । नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको आरोप लगाइ उनीमाथि कुटपिट गरीएको हो । पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोप लगाई कुटपिट गर्दै आएको बताएकी छिन । कुटपिटबाट घाइते खङ्गको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भैरहेको घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Dhoni Sabuun