Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

2018 Oct 14 3:45 PM 25

विज्ञापन

Birat Cancer Hospital
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ
धनुषा । दशैंको मेला हेर्न गएकी १० वर्षीया बालिका मनिता यादवको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन् । धनुषाको औरही गाउँपालिका २ परवाहाकी १० वर्षीया बालिका मनिता यादवको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका ५ का छिमेकी ३२ वर्षीय विनोद मुखिया र वडा नम्बर ३ पर्वाहाका ३० वर्षीय नथुनी पण्डित रहेका छन् । दुबै आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए। मदिरा सेवन गरेका मुखिया र पंडितले मनितालाई चाँउचाँउ र १० रुपैयाँ दिँदै फकाएर लगेको र त्यस पश्छात बालिकाको बलात्कार पछि हत्या गरिएको प्रहरीले जनाएको छ । यता पिडित परिवारले भने आफ्नो छोरीको बलात्कार गरी हत्या गर्नेलार्ई फाँसी दिन माग गरेका छन् । शुक्रबार राति ९ बजे घर नजिकै रहेको दुर्गा मन्दिरमा मेला हेर्न गएकी मनिता रातभर घर नफर्केपछि आफन्तले प्रहरीमा उजुरी गरेपछि खोजतलाश सुरु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?