Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दशैँमा यस्ताे प्रकारकाे भोजन गर्न कलाकारहरूकाे सुझाव

2018 Oct 14 4:28 PM 33

विज्ञापन

Birat Cancer Hospital
दशैँमा यस्ताे प्रकारकाे भोजन गर्न कलाकारहरूकाे सुझाव
काठमाडौँ । नेपालीहरूको महान् पर्व वडादशैँलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । दशैँलाई लक्षित गरेरै उत्तरी छिमेकीबाट भेडा–च्याङ्ग्रा आयात हुन्छन् । तर सबै कलाकारलाई मासुमा रुचि छैन कतिपय कलाकार भने दशैँमा मासुका थरीथरीको परिकारमा रमाउने गरेको अनुभव सुनाउनुहुन्छ । दशैंँमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार भुटन, मासु, झोल जस्ता परिकार बनाएर खाने चलन छ । नेवार समुदायले भने छोइला, कचेला, सेकुवा, भुटन, मासु लगायत थुपै्र परिकार बनाएर खाने चलन छ । दशैँको पाहुनालाई पनि मासु नै पकाएर सत्कार गरिन्छ । नेपालभाषा चलचित्रका निर्देशक रामकृष्ण खड्गी आफू नेवार समुदायको भए पनि मासुबाट भने टाढा नै हुनुहुन्छ । उहाँ शाकाहारी भएको छ वर्ष भएको जानकारी दिँदै भन्नुहुन्छ,‘पहिले पनि मांसाहारी भए नि त्यत्ति खान रुचाउँदैनथे, अहिले भने पूर्णरुपमा शाकाहारी भएको छु ।’ अमानवीय ढङ्गबाट काटमार गरेको देखेपछि मासु खान नसकेको बताउँदै उहाँ भन्नुहुन्छ,‘ मलाई खासमा हाम्रो संस्कृतिले पशुबलि र्ने प्रथा नै मन पर्दैन शाकाहारी खानाले शरीर मात्र नभएर मस्तिस्कमा पनि शान्ति बनाउँछ । ’ सर्वश्रेष्ठ प्राणीले पशुपन्छी मारेर खानु गलत भएको उहाँको भनाइ छ । मांसाहारी परिकार नभए चाडपर्व रमाइलो हुन्न भन्ने सोच गलत हो भन्ने मत छ उहाँको । ‘शाकाहारी परिकार खाएर पनि चाडपर्वमा रमाइलो गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ,‘ चाडपर्वको रमाइलोलाई माछा मासुसँगै तुलना गर्नु नराम्रो हो । दशैँमा आफू राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खाएर मनाउने बताउनुहुन्छ । यता गायक रामकृष्ण दुवाल भन्नुहुन्छ, ‘नेवारी समुदायमा मासुलाई धेरै महत्वका साथ लिइन्छ । कुनै पनि पूजाको लागि मासु नै चाहिन्छ । देवीदेवताको नाममा बलि दिएर हामीले मासु खाने हो ।’ उहाँले बलि प्रथा मन नपरे पनि मासु खाएर नै दशैँ मनाउने जानकारी दिनुभयो । ‘नेवारी समुदायमा चर्चित मासुका परिकार कचिला, छोइला, सेकुवा, भुटन जस्ता परिकारको साथमा हाम्रो दशैँ मनाउने सोचाइमा छु ’ उहाँले भन्नुभयो । दुवालले विगत केही वर्षदेखि काटमार गर्न छोडेको जानकारी दिदै भन्नुभयो,‘बजारबाटै मासु किनेर ल्याउने गरेको छु ।’ ‘मासु बढी मात्रामा खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन तर पनि दशैँ हो के गर्नु ?,’ अभिनेत्री दिपाश्री निरौला भन्नुहुन्छ । नियमित रूपमा र बढी मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली, मुटु जस्ता समस्याहरु देखिने भएकोले मासु खाए पनि मात्रा मिलाएर खाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसी, राँंगो जस्ता रातो मासुहरू सकेसम्म कम प्रयोग गर्ने गरेको बताउनुभयो । हामी मांसाहारीहरूले दशैँ मनाउँदा मासुको मात्रा मिलाएर खानुका साथै उत्तिकै मात्रामा हरियो सागपात, सलाद, फलफूल, दही, मही जस्ता खाने कुरा पनि मिलाएर खाँदा भोजन सन्तुलित हुन्छ । यसले पाचन प्रक्रिया सहज बनाउने निरौलाले बताउनुभयो । छक्का पन्चा ३ को प्रदर्शनीमा व्यस्त अभिनेत्री निरौलालाई दशैँमा भने मासुको विभिन्न परिकारको साथमा परिवारसँग बस्न मनपर्ने जानकारी दिनुभयो । निर्माता आकाश अधिकारी भन्नुहुन्छ, ‘चाडपर्व भन्ने वित्तिकै मासु नै खानुपर्छ भन्ने मलाई लाग्दैन । शाहाकारीको लागि मासु नभएपछि अन्य मिठा र स्वस्थ परिकार बनाएर खान सकिन्छ ।’ दाल, गेडागुडी, पनिर, दुध, कुरिलो, भटमास जस्ता खानेकुराबाट पनि मासुको जस्तै प्रोटिन प्राप्त गर्न सक्छन् यस्ता खानेकुराको विभिन्न परिकारको साथमा दशैँ मनाउन सकिने र आफूले पनि प्रयोग गर्ने गरेको उहाँको सुझाव छ । आफू मांसाहारी भए पनि मासु नै खानुपर्ने नलाग्ने बताउनुहुन्छ निर्माता अधिकारी । उहाँ भन्नुहुन्छ,‘ पहिलेको जस्तो जमाना होइन । जहिले जुन बेला पनि मासुको विभिन्न परिकार खान पाइन्छ ।’ चाडपर्वमा मासुको साथै चिल्लो जस्ता खानेकुरा खाएर विरामी हुनुभन्दा सादा खाना खाएर परिवारसँग बडादशैँ मनाउन सकिने उहाँले बताउनुभयो । नायिका सञ्चिता लुइँटेल भने अरुबेला माछामासु खाए पनि दशैँ भरि व्रत बस्ने भएको कारण फलफूल र सादा खानामानै दशैँ मनाउनुहुन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न