Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुर्खेतमा पानीपुरी खाँदा ४३ बिरामी

2018 Oct 15 12:04 PM 30

विज्ञापन

Birat Cancer Hospital
सुर्खेतमा पानीपुरी खाँदा ४३ बिरामी
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी खाएका ४३ जना बिरामी परेका थिए । शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए । बिरामी परेकाहरुलाई ज्वरो आउने, टाउको तथा ढाड दुख्ने, बान्ता हुने र पखाला लागेको थियो । आइतबार बिहानबाट गाउँका मानिसहरु बिरामी पर्न थालेपछि उपचारका लागि तत्कालै जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका इञ्चार्ज मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए । घटनास्थल जिल्ला सदरमुकामदेखि २५ किलोमिटर टाढा भएकाले उनीहरुलाई प्रहरीले समन्वय गरेर तत्काल उपचारका लागि पठाइएको थियो । पानीपुरी खाएर बिरामी परेका ४३ जनामध्ये ३३ जना उपचारपश्चात् घर फर्किएका छन् भने बाँकी १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार बिरामी परेका सबैले पानीपुरी खाएका थिए । त्यसलगत्तै पानीपुरी बेच्ने स्थानीय जयराम खड्कालाई नियन्त्रणमा लिइएको छ । खड्कासँगै निजले प्रयोग गरेको गोलगप्पा, पानी र इमली पाउडर तथा मसलासमेत बरामद गरिएको छ । बरामद सामानहरुको ल्याब परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?