Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युएईमा रहेका नेपाली घरेलु कामदार स्वदेश फर्किन डराउँदै

2018 Oct 15 4:06 PM 42

विज्ञापन

Birat Cancer Hospital
युएईमा रहेका नेपाली घरेलु कामदार स्वदेश फर्किन डराउँदै
अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएई)मा रहेका नेपाली घरेलु कामदारले विदामा स्वदेश फर्किन नसक्ने अवस्थामा रहेको गुनासो गरेका छन् । गल्फ न्यूजका अनुसार सयौं नेपाली घरेलु महिला कामदारहरु नेपाल फर्किएपछि कामका लागि फेरि युएई फर्किन नपाउने भएकोले उनीहरुले गुनासो गरेका हुन् । उनीहरु वैध रुपमा नै युएई गएको भएपनि पछिल्लो समय नेपाल सरकारले श्रम सम्झौता नभएका मुलुकमा घरेलु कामदारको रुपमा जानका लागि रोक लगाएको थियो । एक घरेलु कामदार महिलाले भनिन्, ‘‘म दुई वर्षदेखि घर जान पाएको छैन । विदाको बेलामा जान मन छ । तर, सरकारले फर्किन नदिने भएकोले जान पाइएको छैन ।’’ विगत ५ वर्षदेखि भारतीय परिवारको घरमा काम गर्दै आएकी ४५ वर्षिया अर्की एक नेपाली महिलाले भनिन्, ‘‘म परिवारसँग दसैं मनाउनका लागि नेपाल जान चाहन्छु । तर गएपछि काम छोड्नुपर्ने भएकोले अप्ठेरो परेको छ ।” उनले आफूलाई रोजगारदाताले राम्रो व्यवहार गरिरहेकाले अझै काम गर्न इच्छुक रहेको बताइन् । उनीजस्तै समस्यामा सयौंको संख्यामा नेपाली घरेलु कामदारहरु रहेका छन् । नेपालका एक वरिष्ठ कूटनीतिज्ञले बताए अनुसार नेपाल सरकारले अध्यागमनमा रोक लगाउने निर्णय अप्रिल २०१७ मा गरेको हो । यो निर्णय पुरुष र महिला दुवैको हकमा लागु हुन्छ । नेपाली दूतावास अबुधाबीका चार्ज डि अफेयर्स सागरप्रसाद फुयाँलले श्रमिकहरुकै हक हितलाई ध्यान दिँदै समझदारी नभएका मुलुकमा घरेलु कामदार पठाउन रोक लगाइएको बताए । उनले समझादारीका लागि युएईसँग पहल भइरहेको र यो चाँडै पूरा हुने आशा आफूले लिएको बताए । युएईका एक वरिष्ठ अधिकारीले पनि नेपालसँग घरेलु कामदारलाई रोजगारीको बारेमा नेपालसँग समझदारी पत्रमा हस्ताक्षरका लागि पहल भइरहेको र त्यो काम सन् २०१९को सुरुमा हुन सक्ने बताए । युएइका अधिकारीले नेपाली घरेलु कामदारको समश्याका बारेमा आफूहरुले बुझ्ने प्रयास भइरहेको जनाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला