Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दसैं बिदामा कुन–कुन बैंक खुला रहन्छ ? हेर्नुहोस्

2018 Oct 16 1:50 PM 37

विज्ञापन

Birat Cancer Hospital
दसैं बिदामा कुन–कुन बैंक खुला रहन्छ ? हेर्नुहोस्
बिराटनगर । दसैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरु खुला रहने भएका छन् । बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्न लागेका हुन्। कुन बैंकको शाखा कहिले खुला ? हिमालयन बैंक:- हिमालयन बैंकको ठमेल शाखा असोज ३०, ३१ र कात्तिक ३ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। न्युरोड शाखा सोही दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। महाराजगञ्ज शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। त्यस्तै पाटन शाखा असोज ३० र ३१ गते बिहान १२ बजेदेखि दिउँसो ३ बजेसम्म र कात्तिक ३ गते मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने छ। पोखरा शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ। माछापुच्छ्रे बैंक:- माछापुच्छ्र बैंकले फूलपाती ९असोज ३० गते० न्युरोड, नयाँबानेश्वर, पोखरा, पाटन, राजविराज, महेन्द्रपुल, लेखनाथ, जनकपुर, दमौली, बुटवल, वीरगन्ज, बनेपा शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ। त्यस्तै लाजिम्पाट, भैरहवा शाखा बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। इटहरी शाखा भने बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छ। बैंकले अष्टमी ९असोज ३१ गते० न्युरोड, नयाँबानेश्वर, पुतलीसडक, भक्तपुर, बनेपा, वीरगन्ज, जनकपुर, महेन्द्रपुल, मिर्चैया, नारायणगढ, नेपालगन्ज, राजविराज शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। विराटनगर शाखा बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म खुला रहने छ। कात्तिक १ गते नवममीको दिन बालुवाटार र बर्दिवास शाखा दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। त्यस्तै बगर, दमौली र नेपालगन्जको शाखा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुला रहने छ। सेन्चुरी कमर्सियल बैंक:- सेन्चुरी कमर्सियल बैंकले फूलपाती, महाअष्टमी र द्वादशी ९असोज ३०, ३१ र कात्तिक ३ गते पुतलीसडकको शाखा ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। त्यस्तै असोज ३० र ३१ गते न्युरोडको शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म र मानभवन शाखा बिहान १० बजेदेखि १ बजेसम्म खोल्ने जनाएको छ। त्यस्तै उपत्यकाबाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, भैरहवा, नेपालगन्ज र धनगढीको शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ। साथै टीकापुरको शाखा असोज ३०, ३१ र कार्तिक ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। सनराइज बैंक:- सनराइज बैंकले काठमाडौ उपत्यकाको गैह्रीधारा र गाबहाल शाखा असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म खुला गर्ने जनाएको छ। गैह्रीधारा शाखा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म र गाबहाल शाखा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहने छ। साथै भक्तपुर शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने बैंकले जनाएको छ। काठमाडौं उपत्यका बाहिर वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, २ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। विराटनगर, पोखरा, नारायणगढ शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म र गाइघाट शाखा असोज ३०, ३१ र कार्तिक १ गते १० बजेदेखि दिउँसो १ बजेसम्म खुला हुनेछ। प्रभु बैंक:- प्रभु बैंकको काठमाडौं उपत्यका भित्र बबरमहल, कमलादी, जावलाखेल, गोंगबु, न्युरोड, सूर्यविनायक–भक्तपुरका शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला रहनेछ। त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड पोखरा, नेपालगन्ज, कलैया, विरगन्ज, विराटनगर, बाग्लुङ र धनगढीको शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। एनएमबि बैंक:- एनएमबि बैंकको कान्तिपथ, विराटनगर, फिदिम, बुटवल, धनगढी र नेपालगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। त्यस्तै विर्तामोड शाखा असोज ३०, ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक:- स्ट्यान्डर्ड चार्टर्ड बैंकको काठमाडौं उपत्यकाभित्र नयाँबनोश्वर शाखा असोज ३१ र कात्तिक १ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला रहन्छ। लाजिम्पाट शाखा असोज ३० र कात्तिक ३ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला हुनेछ। ललितपुर शखा कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। बौद्ध शाख असोज ३१ दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने छ। त्यस्तै उपत्यका बाहिर विराटनगर र पोखरा शाखा असोज ३० र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। त्यस्तै नेपालगञ्ज, बुटवल शाखा कात्तिक १ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन्। धरान शाखा असोज ३० र ३१ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुलाा हुनेछ। नरायणगढ शाखा भने दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला हुनेछ। जनता बैंक नेपाल:- जनता बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ बानेश्वर शाखा असोज ३० गते र न्युरोड शाखा असोज ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। त्यस्तै उपत्यका बाहिर विरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, धनगढी शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। साथै महेन्द्रनगर र घोराही शाखा असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। नबिल बैंक:- नबिल बैंकको महाराजगन्ज, बालाजु, नयाँबानेश्वर र त्रिपुरेश्वर शाखा असोज ३० गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ। न्युरोड शाखा असोज ३१ गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ। यता तीनधारा र ललितपुर शाखा भने दसैं बिदा अवधिभर सम्पूर्ण दिन खुला हुनेछ। उपत्यका बाहिर हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्नेछ भने विरगन्ज र नेपालगन्ज शाखा ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन्। नेपाल इनभेष्टमेन्ट बैंक:- बैंकको दरबारमार्ग शाखा असोज ३०, ३१ कात्तिक १, २ र ३ गते बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। पुल्चोक शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म खुला रहनेछ। त्यस्तै न्युरोड, पुतलीसडक ९१२ बजेदेखि ३ बजेसम्म० नयाँबानेश्वर, गोंगबु ९१ बजेदेखि ४ बजेसम्म० ठमेल, कालिमाटी ९१२ बजेदेखि ३ बजेसम्म० बौद्ध ९९ बजेदेखि १२ बजेसम्म० बत्तीसपुतली र धुम्बाराही ९१० बजेदेखि १ बजेसम्म० असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहने छन्। साथै सिपाडोल ९१०ः३० बजेदेखि १ः३० बजेसम्म० र कीर्तिपुर ९११ बजेदेखि १ बजेसम्म० असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहनेछ। नक्साल शाखा भने असोज ३०, ३१ र कात्तिक ३ गते बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ। त्यस्तै उपत्यका बाहिर वीरगन्ज, भैरहवा, बुटवल, विराटनगर, पोखरा ९चिप्लेढुंगा० र जनकपुर शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। नारायणगढ, नेपालगन्ज, धनगढी शाखा असोज ३० गते बिहान १० बजेदेखि १ बजेसम्म खुला रहनेछ। जनकपुर शाखा भने १० बजेदेखि १ बजेसम्म असोज ३० र ३१ गते खुला रहनेछ। नेपाल बंगलादेश बैंक:- बैंकको बिजुलीबजार, बानेश्वर शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहनेछ। कमलादीको कर्पोरेट शाखा, विराटनगर, नेपालगन्ज शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ। सिद्धार्थ बैंक:- सिद्धार्थ बैंकको हात्तिसार, पोखरा ९११ बजेदेखि २ बजेसम्म०, न्युरोड ९२ बजेदेखि ५ बजेसम्म० असोज ३०, ३१ र कात्तिक ३ गते खुला हुन्छ। कुमारीपाटी, दमक, धनगढी, जनकपुर, टीकापुर र घोराही शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला हुन्छ। तीनकुने, बुटवल, नारायणगढ शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म र भैरहवा शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुन्छ। त्यस्तै, विराटनगर, वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न