Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

2018 Oct 21 11:01 AM 28

विज्ञापन

Birat Cancer Hospital
तिहारसम्म इन्धनको मूल्य नबढ्ने
बिराटनगर । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तिहारसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने बताए । “अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले पछिल्लो समय निगमको घाटा चुलिँदै गएको छ,” उनले भने, “चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि पनि मूल्यवृद्धि हुँदैन ।” पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले निगमको घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ । हवाई इन्धन र मट्टितेल बाहेक सवैमा निगमलाई घाटा छ । निगमलाई सवैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रूपैयाँ घाटा रहेकाे समाचार काराेबार दैनिकमा छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?