Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

Oct 21, 2018 9:20 AM
बडादशैँको टीका लगाउने क्रम आज पनि जारी
बिराटनगर । आज विजयादशमीको तेश्रो दिन पनि मान्यजनहरुबाट टीका जमरा र आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने चलन छ । आज पनि बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जाने क्रम जारी रहेको कारण राजधानीमा गाडीको चहपहल बढ्दै गएको छ ।
Dhoni Sabuun