Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

सरकार दुई तिहाइ बहुमतको भएकाले निरर्थक बन्न हुन्न : निधि

Oct 22, 2018 8:05 AM
सरकार दुई तिहाइ बहुमतको भएकाले निरर्थक बन्न हुन्न : निधि
बिराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए । उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । -रासस
Dhoni Sabuun