Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भ्रष्टाचार मुद्दाका फरार कर्मचारी १८ वर्षपछि पक्राउ

2018 Oct 25 4:22 PM 11

विज्ञापन

Biratkhavar
भ्रष्टाचार मुद्दाका फरार कर्मचारी १८ वर्षपछि पक्राउ
बिराटनगर । भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले १८ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोले ललितपुरको धापाखेल-९ का ४९ वर्षीय रामकुमार खड्कालाई बिहिबार पक्राउ गरेको हो । उनी राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन कर्मचारी हुन् । खड्काविरुद्ध बैंकमा नियम विपरित एलसी खोलेको आरोपमा पुनरावेदन अदालतले २०५७ कात्तिक २१ गते १ करोड २३ लाख ५३ हजार ८८० रुपैयाँ ३६ पैसा जरिवानाका साथै १ वर्ष कैदको  फैसला गरेको थियो । फैसला कार्यान्वयनको क्रममा खोजतलास गर्ने क्रममा बिहिबार खड्कालाई धापाखेलबाट नियन्त्रणमा लिइएकोमा आजै काठमाडौं जिल्ला अदालतको आदेशमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।  ब्यूरोका अनुसार सोही मुद्धाका अर्का अभियुक्त राम कुमार अग्रवालको दिपक ट्रेड कन्नसर्नसँग खड्काको नामबाट राष्ट्रिय वाणिज्य बैंकमा अमेरिकी डलर  २ लाख १५,  हजार ६०० को एलसी खोलिएको थियो । यस्तै  सोही ट्रेड कन्र्सनसँग  खड्काकै नामबाट अमेरिकी डलर  २ लाख ९५ हजार ६०० को अर्को  एलसी पनि खोलिएको थियो । ती दुबै एलसी नियम तथा व्यवहार बमोजिम नभएको ठहरसहित अदालतले खड्कालाई जरिवाना र कैदको सजाय तोकेको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु