Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अब प्रदेशकै नामबाट नम्बर प्लेट

2018 Oct 26 10:43 AM 22

विज्ञापन

Birat Cancer Hospital
अब प्रदेशकै नामबाट नम्बर प्लेट
बिराटनगर । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ । प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ । अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नुपर्नेछ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । यसैगरी, पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ । यस्तो सवारी समूह जनाउने अंक आवश्यकतानुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै, सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ । प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानुपर्नेछ । जस्तै प्रदेश नम्बर ३ को क्रमसंख्या ०१ भएको कुनै सवारी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने पहिलो समूहको (०००१ देखि ९९९९ भित्रको) ११११ दर्ता नम्बरको निजी मोटरसाइकलको नम्बर प्लेट यस्तो हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?