काठमाडाैँमा पनि ‘डेंगु’ संक्रमण बढ्दै
Oct 26, 2018
5:24 AM
बिराटनगर । काठमाडाैँ उपत्यकामै लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्ला दिन बालाजु ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको हो ।
‘ढुंगेधारस्थित निजी क्लिनिकका चिकित्सकले दशैँअगावै त्यहाँ सातजनामा डेंगु देखा परेको रिपोर्ट गरेका थिए’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलिन सुरु भइसकेको छ ।’ यसअघि राजधानीमा फाट्टफुट्ट संक्रमण देखिँदै आए पनि एकै ठाउँमा यति धेरै संख्यामा थिएन । राजधानीमा डेंगुविरुद्ध अभियान आवश्यक भइसकेको डा. लालको भनाइ छ ।अाजको कान्तिपुर दैनिकमा खबर छ ।