Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दसैँमा इलाममा २० हजार आन्तरिक तथा बाहृय पर्यटक भित्रिए

2018 Oct 26 3:18 PM 44

विज्ञापन

Birat Cancer Hospital
दसैँमा इलाममा २० हजार आन्तरिक तथा बाहृय पर्यटक भित्रिए
इलाम । हरेक वर्ष नेपालमा पर्यटक भित्रिने बढ्दो क्रममा देखिए सँगै नेपालका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाहृय पर्यटकहरूको चाप समेत बढ्दो क्रममा देखिएको छ । यसै क्रममा पूर्वको सुन्दरनगरी इलाममा यस वर्षको चाडपर्व दशैको अवधिमा २० हजार पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरू समेत भित्रिएका छन् । पूर्वी क्षेत्रका इलामका पर्यटकीय स्थल सधैँ चर्चाको रूपमा आउने गरेको छ । यस क्षेत्रका पर्यटकीय स्थलहरूमा हरेक वर्ष पर्यटकहरूको घुइँचो लाग्ने गरेको देखिन्छ । दसैँ सुरु भएसँगै पूणर््िामाको दिन सम्म पनि आन्तरिक तथा बाह्रय पर्यटकहरूको घुइँचो लागेको हो । इलामका अधिकाशं होटलहरु प्रत्येक दिन भरिभराउ देख्न सकिन्छ । इलाम जिल्ला प्रकृतिको अनुपम जिल्ला भएको कारण समेत पर्यटकहरूको रोजाई हुने गरेको होटल एसोेसिएसन इलामका अध्यक्ष तथा पर्यटक प्रवर्द्धन सरोकार समितिका महासचिव देवी पौडेलको भनाई रहेको छ । नेपालको पूर्वी उत्तर इलामलाई पहाडकी रानी भनेर चिनिने गरिएको छ । सोही जिल्ला क्षेत्र भित्र यस्ता पर्यटकीय स्थलहरूमा हजारौँ पर्यटकहरू आउने गरेका छन् । इलाममा कन्याम, पाथीभरा, श्री अन्त लगायत पर्यटकीय तथा धार्मिक रूपमा चर्चाको स्थानको रूपमा लिने गरिएको छ । यी क्षेत्रहरू घुम्ने अधिकार्ष पर्यटकहरू इलाम बजारमा गएर बस्ने गर्दै आएका छन् । १५० वटा होटेल तथा लज रहेको इलाममा ७ सय जना दैनिक बस्न सक्छन् । यस वर्षको दसैँमा खासै पर्यटकहरूलाई गुनासो आउने अवस्था नदिएको होटल संचालकहरुको भनाई रहेको छ । हरेक दिन चहलपहल बढ्दो क्रममा देखिएको इलाम बजार क्षेत्रका होटेल तथा साना व्यापार व्यवसायी गर्नेहरू समेत सन्तोषजनक आम्दानी भएको बताउछ्न । इलामको श्री अन्त, कन् याम, सन्दकरपुर लगायतका पर्यटकीय क्षेत्रहरू बढी पर्यटक पुग्ने गर्दछन् । सूर्योदयनगरपालिकाको कन्दे« फिक्कल बजारबाट करिब १४ कि मी पूर्व श्री अन्ततर्फ लागेपछि करिब १ घण्टा जतिको गाडीको यात्रा पछि अन्त पुग्न सकिन्छ । सो स्थान मा घुम्न आउने पर्यटकहरूका लागि खान बस्नका लागि ४३ वटा होमस्टे सञ्चालनमा रहेका छन् । इलाम पहिले भन्दा धेरै पर्यटक भित्रिएको अनुमान गरिएको छ । यसै गरी पर्यटकहरूलाई आहत आवतजावत गर्न सहज होस भन्ने उदेश्यले इलाम बजार क्षेत्रमा प्रहरीको सहकार्यमा सूचना केन्द्र स्थापना समेत गरिएको इलाम नगरपालिका कर्मचारी प्रेम दियालाले बताउनु भयो । यो पर्यटक तथा यात्रुहरूलाई सहज होस भन्ने उदेश्यले भाडा दर लगायतको विषयमा जानकारी दिएको उहाँको भनाई छ । प्राकृतिक, ऐतिहासिक र हावापानीका हिसाबले आकर्षणको केन्द्र बनेको सुन्दर इलामका चियाबारी, कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफुल तथा अरू बाली श्रीअन्तुको आकर्षण हुन् । अन्तबाट कञ्चनजंघालगायत हिमशृंखला पनि नजिकै देखिन्छन् भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक यहाँ आउने गरेका छन् । तराई क्षेत्रमा गर्मी बढेको बेला भिड लाग्ने गरेको पाइन्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बङ्गालबाट बढी पर्यटक आउँने गर्दछन् । तसर्थ पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारले पर्यटन व्यवसायी सँग सहकार्य गरी अघि बढ्न सके साथै पर्यटकीय क्षेत्रमा पुग्नका लागि पर्यटकहरूका लागि उचित सुविधा नियमित रूपमा प्रदान गर्न सके सरकारको पर्यटन वर्षको अवधारणा इलाम पहिलो हुने सम्झावना देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला