Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दसैँमा इलाममा २० हजार आन्तरिक तथा बाहृय पर्यटक भित्रिए

2018 Oct 26 3:18 PM 31

विज्ञापन

Birat Cancer Hospital
दसैँमा इलाममा २० हजार आन्तरिक तथा बाहृय पर्यटक भित्रिए
इलाम । हरेक वर्ष नेपालमा पर्यटक भित्रिने बढ्दो क्रममा देखिए सँगै नेपालका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाहृय पर्यटकहरूको चाप समेत बढ्दो क्रममा देखिएको छ । यसै क्रममा पूर्वको सुन्दरनगरी इलाममा यस वर्षको चाडपर्व दशैको अवधिमा २० हजार पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरू समेत भित्रिएका छन् । पूर्वी क्षेत्रका इलामका पर्यटकीय स्थल सधैँ चर्चाको रूपमा आउने गरेको छ । यस क्षेत्रका पर्यटकीय स्थलहरूमा हरेक वर्ष पर्यटकहरूको घुइँचो लाग्ने गरेको देखिन्छ । दसैँ सुरु भएसँगै पूणर््िामाको दिन सम्म पनि आन्तरिक तथा बाह्रय पर्यटकहरूको घुइँचो लागेको हो । इलामका अधिकाशं होटलहरु प्रत्येक दिन भरिभराउ देख्न सकिन्छ । इलाम जिल्ला प्रकृतिको अनुपम जिल्ला भएको कारण समेत पर्यटकहरूको रोजाई हुने गरेको होटल एसोेसिएसन इलामका अध्यक्ष तथा पर्यटक प्रवर्द्धन सरोकार समितिका महासचिव देवी पौडेलको भनाई रहेको छ । नेपालको पूर्वी उत्तर इलामलाई पहाडकी रानी भनेर चिनिने गरिएको छ । सोही जिल्ला क्षेत्र भित्र यस्ता पर्यटकीय स्थलहरूमा हजारौँ पर्यटकहरू आउने गरेका छन् । इलाममा कन्याम, पाथीभरा, श्री अन्त लगायत पर्यटकीय तथा धार्मिक रूपमा चर्चाको स्थानको रूपमा लिने गरिएको छ । यी क्षेत्रहरू घुम्ने अधिकार्ष पर्यटकहरू इलाम बजारमा गएर बस्ने गर्दै आएका छन् । १५० वटा होटेल तथा लज रहेको इलाममा ७ सय जना दैनिक बस्न सक्छन् । यस वर्षको दसैँमा खासै पर्यटकहरूलाई गुनासो आउने अवस्था नदिएको होटल संचालकहरुको भनाई रहेको छ । हरेक दिन चहलपहल बढ्दो क्रममा देखिएको इलाम बजार क्षेत्रका होटेल तथा साना व्यापार व्यवसायी गर्नेहरू समेत सन्तोषजनक आम्दानी भएको बताउछ्न । इलामको श्री अन्त, कन् याम, सन्दकरपुर लगायतका पर्यटकीय क्षेत्रहरू बढी पर्यटक पुग्ने गर्दछन् । सूर्योदयनगरपालिकाको कन्दे« फिक्कल बजारबाट करिब १४ कि मी पूर्व श्री अन्ततर्फ लागेपछि करिब १ घण्टा जतिको गाडीको यात्रा पछि अन्त पुग्न सकिन्छ । सो स्थान मा घुम्न आउने पर्यटकहरूका लागि खान बस्नका लागि ४३ वटा होमस्टे सञ्चालनमा रहेका छन् । इलाम पहिले भन्दा धेरै पर्यटक भित्रिएको अनुमान गरिएको छ । यसै गरी पर्यटकहरूलाई आहत आवतजावत गर्न सहज होस भन्ने उदेश्यले इलाम बजार क्षेत्रमा प्रहरीको सहकार्यमा सूचना केन्द्र स्थापना समेत गरिएको इलाम नगरपालिका कर्मचारी प्रेम दियालाले बताउनु भयो । यो पर्यटक तथा यात्रुहरूलाई सहज होस भन्ने उदेश्यले भाडा दर लगायतको विषयमा जानकारी दिएको उहाँको भनाई छ । प्राकृतिक, ऐतिहासिक र हावापानीका हिसाबले आकर्षणको केन्द्र बनेको सुन्दर इलामका चियाबारी, कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफुल तथा अरू बाली श्रीअन्तुको आकर्षण हुन् । अन्तबाट कञ्चनजंघालगायत हिमशृंखला पनि नजिकै देखिन्छन् भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक यहाँ आउने गरेका छन् । तराई क्षेत्रमा गर्मी बढेको बेला भिड लाग्ने गरेको पाइन्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बङ्गालबाट बढी पर्यटक आउँने गर्दछन् । तसर्थ पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारले पर्यटन व्यवसायी सँग सहकार्य गरी अघि बढ्न सके साथै पर्यटकीय क्षेत्रमा पुग्नका लागि पर्यटकहरूका लागि उचित सुविधा नियमित रूपमा प्रदान गर्न सके सरकारको पर्यटन वर्षको अवधारणा इलाम पहिलो हुने सम्झावना देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न