Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुर्य किरणले विदेशमा सिकेको सिपलाई उत्पादनमा प्रयोग

2018 Oct 26 5:23 PM 24

विज्ञापन

Birat Cancer Hospital
सुर्य किरणले विदेशमा सिकेको सिपलाई उत्पादनमा प्रयोग
भरतपुर । वैदेशिक रोजगारिमा गएका युवाहरूले विदेशमा सिकेको सिपलाई आफ्नै मुलुकमा उत्पादन मुलक काममा प्रयोग गर्ने अभिप्रायले सुर्य किरण फाइबर इण्डष्ट्रिज उद्योग स्थपित गरिएको हाे । उद्योग शुरुवाति कालमा फाइवरका झ्याल ढोका, चौकसहरू, अर्ध पारदर्शी फाइवर जस्तापाता, बाथ टब आदि उत्पादन गर्दै अाएकाे छ । सो उद्योगले उत्पादन प्रविधिमा आमुल परिवर्तन गर्दै यी बस्तुहरूका साथ साथै म्यानहोल कभरको उत्पादन शुरु गरेको बताएको छ । सुर्य किरण फाइबर नेपालमा मात्र नभई दक्षिण एसियामै ग्लास फाइवरको प्रयोग गरि एस. एम. सि. बाट म्यानहोल तयार गर्ने नँया प्रविधि ल्याएको हो । यसरी बनाइएका म्यानहोलहरूको भार बहन गर्न सक्ने क्षमता चलन चल्तीका म्यानहोलहरूको तुलनामा निकै बढी हुने गरेको छ । विभिन्न किसिमका रसायनहरू, लवण (क्बति) तथा मौसमी प्रतिकुलताबाट पनि यस्ता म्यानहोलहरू तुलनात्मक रुपमा निकै सुरक्षित हुने हुनाले युरोप, अमेरिका, चिन, मध्यपूर्व लगायतका स्थानमा यसको प्रयोग द्रुततर गतिमा बढ्दै गएको सुर्य किरण फाइबर इण्डष्ट्रिजका संचालक संदिप कुमार पुँयाल बताउछन् । फाइबर ग्लास बाट बनेका म्यानहोल कभरहरूको तौल अन्य किसिमका म्यानहोल कभरको तुलनामा हलुङ्गो हुने हुनाले जडानको क्रममा हुन सक्ने दुर्घटनामा पनि कमि आउने समेत बताए । उद्योगले ठूला राजमार्गको लागि, शाखा तथा भित्रि सडकका लागि, उद्योग कलकारखानाका लागि एवं घरायसि प्रयोजनका लगि छुट्टा छुट्टै भारबहन क्षमता र मूल्यका म्यानहोलहरू उत्पादन गरिएको छ । यस उद्योगबाट उत्पादित यस्ता सामाग्रिहरूको बजारीकरण भरतपुरको बाईपास रोडमा रहेको आँखा अस्पतालको अगाडि अवस्थित डालिमा इन्टरनेशनल प्रा.ली. ले गर्ने गरेको छ । उत्पादनको क्रममा प्रयोग हुने कच्चा पदार्थ र उत्पादन प्रविधिले उत्पादित बस्तुको भारबहन क्षमाता निर्धारण हुने हुनाले कम्पोजिट म्यानहोल अथवा ग्लास फाइवर म्यानहोलका नाममा बजारमा आउन सक्ने यस्ता समाग्रिहरू सबै उच्च गुण्स्तरका नहुन सक्ने भएकाले यस प्रति सजग रहन सचेत गराएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?