Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आर्थिक नीतिबारे प्रदेशस्तरमा काँग्रेसको छलफल

2018 Oct 30 12:33 PM 46

विज्ञापन

Birat Cancer Hospital
आर्थिक नीतिबारे प्रदेशस्तरमा काँग्रेसको छलफल
विराटनगर । नेपाली काँग्रेसले अब अपनाउने आर्थिक नीतिको विषयमा सातै प्रदेशमा छलफल थालेको छ । तीन प्रदेशमा छलफल पूरा भएको छ । प्रदेश १ स्तरीय छलफल आइतबार विराटनगरस्थित काँग्रेस मोरङको पार्टी कार्यालयमा सम्पन्न भएको छ । पहिलो पटक आर्थिक नीतिबारे तल्लो तहमा गई छलफल गरिएको पार्टीका सहमहामन्त्री तथा आर्थिक विधान मस्यौदा समितिका संयोजक प्रकाश शरण महतले जानकारी दिए । छलफलमा प्रदेशभरिका पार्टी जिल्ला सभापति, विज्ञ तथा उद्योगी व्यापारी पनि सहभागी थिए । महतले भने,‘प्राप्त सुझावलाई नै आधारित गरी आर्थिक नीति बनाइने छ ।’ विराटनगरअघि पोखरा र बुटबलमा सुझाव लिइएको थियो । सोमबार नेपालगञ्जमा हुने महतले जनाए । छलफलमा सहभागीले विपन्न तथा गरिबको जीवनस्तर उकास्ने गरी आर्थिक नीति बनाउन सुझाव दिए । कृषि, उद्योग, पर्यटन र सहकारिता नै आर्थिक विकासको मूल मेरुदण्ड हुने सहभागीको जोड थियो । छलफलमा खोटाङका पार्टी सभापति सुभाष पाखेरेल, पाँचथरका नरेन्द्र केरी, विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहरा, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडा, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्योगमैत्री कानुनमा बनाउन सुझाव दिए । कार्यक्रममा प्रदेश १ का चौध जिल्लाबाट काँग्रेस सभापति, प्रदेश सांसदसहित केन्द्रीय नेतृत्वको सहभागिता थियो । छलफलमा पूर्वमन्त्री दीपक विष्ट, काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, अमृत अर्याल, डा. डिला संग्रौला, गुरुराज घिमिरे,प्रदेश १ का प्रमुख विपक्षी दलका नेता राजीव कोइराला,काँग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, इश्वर चिपालु, शैलेन्द्र सिवाकोटी, नरेश्न्र कटुवाल, प्रतापप्रकाश हाङगामलगायतले आ–आफ्ना विचार राखेका थिए । सहभागीले काँग्रेसको आर्थिक नीति एक्काइसौं शताब्दी सुहाउँदो हुनुपर्ने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला