Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आर्थिक नीतिबारे प्रदेशस्तरमा काँग्रेसको छलफल

2018 Oct 30 12:33 PM 25

विज्ञापन

Birat Cancer Hospital
आर्थिक नीतिबारे प्रदेशस्तरमा काँग्रेसको छलफल
विराटनगर । नेपाली काँग्रेसले अब अपनाउने आर्थिक नीतिको विषयमा सातै प्रदेशमा छलफल थालेको छ । तीन प्रदेशमा छलफल पूरा भएको छ । प्रदेश १ स्तरीय छलफल आइतबार विराटनगरस्थित काँग्रेस मोरङको पार्टी कार्यालयमा सम्पन्न भएको छ । पहिलो पटक आर्थिक नीतिबारे तल्लो तहमा गई छलफल गरिएको पार्टीका सहमहामन्त्री तथा आर्थिक विधान मस्यौदा समितिका संयोजक प्रकाश शरण महतले जानकारी दिए । छलफलमा प्रदेशभरिका पार्टी जिल्ला सभापति, विज्ञ तथा उद्योगी व्यापारी पनि सहभागी थिए । महतले भने,‘प्राप्त सुझावलाई नै आधारित गरी आर्थिक नीति बनाइने छ ।’ विराटनगरअघि पोखरा र बुटबलमा सुझाव लिइएको थियो । सोमबार नेपालगञ्जमा हुने महतले जनाए । छलफलमा सहभागीले विपन्न तथा गरिबको जीवनस्तर उकास्ने गरी आर्थिक नीति बनाउन सुझाव दिए । कृषि, उद्योग, पर्यटन र सहकारिता नै आर्थिक विकासको मूल मेरुदण्ड हुने सहभागीको जोड थियो । छलफलमा खोटाङका पार्टी सभापति सुभाष पाखेरेल, पाँचथरका नरेन्द्र केरी, विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहरा, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडा, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्योगमैत्री कानुनमा बनाउन सुझाव दिए । कार्यक्रममा प्रदेश १ का चौध जिल्लाबाट काँग्रेस सभापति, प्रदेश सांसदसहित केन्द्रीय नेतृत्वको सहभागिता थियो । छलफलमा पूर्वमन्त्री दीपक विष्ट, काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, अमृत अर्याल, डा. डिला संग्रौला, गुरुराज घिमिरे,प्रदेश १ का प्रमुख विपक्षी दलका नेता राजीव कोइराला,काँग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, इश्वर चिपालु, शैलेन्द्र सिवाकोटी, नरेश्न्र कटुवाल, प्रतापप्रकाश हाङगामलगायतले आ–आफ्ना विचार राखेका थिए । सहभागीले काँग्रेसको आर्थिक नीति एक्काइसौं शताब्दी सुहाउँदो हुनुपर्ने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?