Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

2018 Oct 30 12:41 PM 24

विज्ञापन

Birat Cancer Hospital
नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण
विराटनगर। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकारी गराउँदै औपचारिक रुपमा स्वागत गरिएको नोबेल मेडिकल कलेजका प्राचार्य डा.रामहरी घिमिरेले जानकारी दिए ।orientation-program-photo-5 कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद आचार्य, प्राचार्य डा.घिमिरे, कलेजका अन्र्तराष्ट्रिय निर्देशक निरञ्जन कुमार, नायव प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, शैक्षिक कार्यक्रम संयोजक डिल्लिराम निरौला, प्राद्यापक कमल प्रसाद पराजुली लगायतले कलेजको वारेमा बताउँदै पढाईमा राम्रो मेहनत गर्न बिद्यार्थीहरुलाई सुझाव दिए । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् । नोबेलमा नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि बिद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् । गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरणका कारण स्वास्थ्य शिक्षा अध्ययनका लागि बिद्यार्थीहरुको प्रमुख रोजाईमा नोबेल पर्ने गरेको सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?