Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘देशले सुशासन र विकास खोजेको छ’–डा. शेखर

2018 Nov 3 9:24 AM 11

विज्ञापन

Biratkhavar
‘देशले सुशासन र विकास खोजेको छ’–डा. शेखर
गोमा खतिवडा, विराटनगर । राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले बताउनु भयो । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका रुपमा भएपनि प्रतिपक्षी दलले सत्तासीनको काम गर्ने शैलीलाई भने मूल्यांकन र टिप्पणी गरिरहने बताए । भने,‘कटुता त्यागेर देश विकास नै प्राथमिकता बन्नुपर्छ । संघीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल सुरु भएको छ । यो भए संविधान पनि असफल बन्छ ।’ कोइरालाले सुशासनका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले मोरङ त राजनीतिक रुपमा अझ उर्जाशील भएपनि विगत केहीयता भने यो क्रममा कमी आएको जस्तो महशुस सुनाए । नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको एउटा कोर्स पूरा भएकोले अब आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिदैैं भने,‘प्रतिबन्धित कालमा निरंशुताविरुद्ध जनताका भावना मुखरित गर्नका लागि चियापान आरम्भ गरिएको थियो । त्यो संस्कार अहिले पनि निरन्तर चल्नु सकारात्मक हो ।’ ढकालले सँगै राजनीतिक आन्दोलन गरेका दल देश विकासका लागि पनि सँगै अग्रसर हुनुपर्ने बताए । काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नयाँ सोच र योजनासाथ अघि बढ्नुको विकल्प नरहेको चर्चा गरिन । नेकपाका गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए । रतुवामाई नगरपालिकाका मेयर रविन राईले सबै पर्वले आपसमा भाइचारा बढाएको चर्चा गरे । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पर्वहरु उत्सवसमेत भएको बताए । भने,‘शुभकामना लिने र दिने प्रक्रियामा पनि असल संस्कार नै हो ।’ कार्यक्रममा काँग्रेसका प्रदेश सांसद शिवनारायण गन्गाई, पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बूले काँग्रेसले विगतदेखिकै परम्परालाई निरन्तरता दिन चियापान आयोजना गरी विचारको आदान प्रदान गरेको बताए ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु