Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रकृतिको सुन्दर नगरी इलाममा कृतिम फूलको भरमा तिहार

2018 Nov 8 8:04 AM 39

विज्ञापन

Birat Cancer Hospital
प्रकृतिको सुन्दर नगरी इलाममा कृतिम फूलको भरमा तिहार
टिका खतिवडा, इलाम । फुल सँधै आवश्यक हुन्छ तर विशेष गरेर तिहारमा फुल भएन भने तिहार नै खल्लो जस्तै हुन्छ । यहि फुल नहुँदा इलाममा कृतिम फुलका माला किनेरै भएपनि तिहारलाई रंगीन बनाउनु पर्ने बाध्यता छ । सयपत्रि र मखमलि फूलको व्यवसायीक खेति नहुदा इलामका बजारमा कृतिम फूलमा भर पर्नुपर्ने भएको छ । फाट्टफुट्ट फूलखेती भएपनि व्यावसायिक रुपले नभएको कारण सहर बजारमा फूलको अभावले कृतिम फूलमा भर पर्नुपर्ने भएको हो । तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन भएपनि प्राकृतिक फूलको अभाव हुने भएपछि इलाम बजारमा कृतिम फूलको मालामा भरपर्नु परेको छ । तिहारको समयमा फूलको अभाव हुने भएपछि पूर्वी पहाडी जिल्ला इलाम सदरमुकाम लगायत ग्रामिण भेगका वजारमा समेत कृतिम फूलमा भरपर्नु परेको हो । तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । गाउँघरमा फूलको उत्पादन कम हुन थालेपछि तिहारमा फूलको अभाव भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि चिरायुको कामना गर्दै गलामा सयपत्री र मखमली फूलको माला लगाइदिने चलन छ । तिहारमा घर सजाउनका लागि पनि फूल प्रयोग हुने गर्दछ । जिल्लामा ब्यवसायिक रुपमा फूलको खेती नहुने र शहर वजारमा फूलको अभाव भएका कारण कृतिम फूलको ब्यापार वढेको ब्यवसायिहरु बताउँछन । बजारमा बिनाझन्झट तयारी अवस्थामा विभिन्नखालका माला उपलब्ध हुनु, व्यावसायिक तवरले पुष्पखेतीमा कृषककोे चासो नहुँदा पछिल्लो समय इलाममा फूलको अभाव हुँदै आएको छ । यहाँ पुष्पखेतीका लागि उपयुक्त भू–बनोट छ । ठाउँ भएपनि पुष्प खेतीकालागि कसैले चासो नदिदाँ शहरमा फूलको मालाको अभाव हुने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न