Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला

2018 Dec 12 1:53 PM 42

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला
मोरङ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै सरकारमा बसेर बिपक्षीलाई सम्मान गर्नु पर्ने बताएका छन् । मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा भएको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोईरालाले यस्तो माग अघि सारेका हुन् । कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोईरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता माथि नै प्रश्न उब्जाएको दाबी गरे । केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए । ‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाईसके । एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे । फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट काँग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियतामा र कार्यकर्ताको मनोबल बढाउन पाटी लागिसकेको समेत नेता कोईरालाले बताए । मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका छन् । राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल लगायत कृष्ण पौडेल स्थानीय बिभिन्न पाटीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । कार्याक्रममा महासमिति सदस्य डा.सुनिल शर्मा, केन्द्रिय सदस्य गगन थापाले आफना कुरा राखेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला