झापाको भद्रपुर, झापाबजार, काकडभिट्टा लगायतका सिमावर्ती बजारमा ठूला भारतीय नोटको अभाव हुदाँ कारोबारमा असर परेको छ । सय रुपया भन्दा माथिका भारतीय नोटको चलनचल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलिमा प्रत्यक्ष असर नपुगेपनि आम नागरिकको दैनिकीमा प्रभाव देखिन थालेको छ । प्रतिबन्धका कारण काकडभिट्टा नाका भएर नेपाल छिर्ने पर्यटकहरु नोट नसाटिएपछी काकडभिट्टाबाटै फर्कन थालेको मेची कार्यालय भन्सार काकडभिट्टाका कर्मचारी राम अधिकारी बताउछन् ।
त्यस्तै नोटको चलनचल्तिमाथिको प्रतिबन्धका कारण काकडभिट्टा र भद्रपुरका सटहि काउण्टरहरुले समेत माग अनुसार नोट साट्न नसकिएको बताएका छन् । उनिहरुले एक सय र सो भन्दा साना नोटको भरमा मात्रै सिमावर्ती बजारको कारोबार धान्न नसकिने अर्का ब्यवसायि चन्द्र प्रसाद सिटौलाले बताए ।
त्यस्तै सिमावर्ती क्षेत्रमा ब्यवसाय संचालन गर्दै आएका केही ब्यापारिले पनि नोटमा प्रतिबन्ध लागेपछी कारोबार ठप्प भएको बताए । उनिहरुले बिगतको तुलनामा ५० प्रतिशतले कारोबार घटेको स्थानीय ब्यापारीले बताए ।
ठूला भारतीय नोट चल्न छाडेपछी सिमाका सर्वसाधारण समेत किनमेलका लागि भारतिय बजार जान समस्या पैदा भएको सर्बसाधारणहरुले बताउँछन् ।
यसैगरी नोटको चलनचल्तिमा लागेको प्रतिबन्धका कारण स्वास्थ्यपचारमा भारत जाने सर्वसाधारणलाई सर्वाधिक मार परेको पाइएको छ । उनिहरुले भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मार्कामा परेको स्थानीयबासीहरुले बताएका छन् ।
बिगतमा समेत सरकारले भारतिय ५ सय र एक हजार दरको नोटको चलनचल्तिमा रोक लगाएकै थियो तर, ति नोटको कारोबार बन्द भएसँगै सिमामा गैहकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लुट्ने गरेका थिए । त्यस्तै अहिले पनि नोटमाथिको प्रतिबन्धले त्यस्तै धन्दा गर्नेहरुलाई फाइदा पुग्ने केही ब्यवसायिहरुको भनाई छ । काकडभिट्टाका केही ब्यवसायिले भने सरकारको निर्णयले भारतसँगको ब्यापार घाटा कम गर्न मद्धत पुग्ने भएकाले नोटमाथिको प्रतिबन्धले केही असर नपरेको दाबी गरेका छन् ।
यी नोटमाथिको प्रतिबन्धका कारण भारत सँगको ब्यापार घाटा कम गर्न त मद्धत पुग्ला । तर, यसको फाईदा उठाउदै भारतिय सिमावर्ती बजारहरुमा महगो दाममा भारु नोटको कारोबार गर्नेहरुले यसको लाभ लिन सक्ने प्रसस्त बाटो खोलिदिएको छ । त्यस्तै भारतिय शहरमा मजदुरी गरेर त्यवापतको तलव स्वरुप ठूला नोट बोकेर घर फर्कने नेपालीलाई समेत यसले प्रत्यक्ष असर गर्नेछ । तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपि गैहकानुनि रुपमा भारतिय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महगोमा भारतिय नोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ । नेपाल सरकारले लगाएको भारुनोटको प्रतिबन्ध पछि झापा जिल्ला यसको असर एक रिर्पोट
झापाको भद्रपुर, झापाबजार, काकडभिट्टा लगायतका सिमावर्ती बजारमा ठूला भारतीय नोटको अभाव हुदाँ कारोबारमा असर परेको छ । सय रुपया भन्दा माथिका भारतीय नोटको चलनचल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलिमा प्रत्यक्ष असर नपुगेपनि आम नागरिकको दैनिकीमा प्रभाव देखिन थालेको छ । प्रतिबन्धका कारण काकडभिट्टा नाका भएर नेपाल छिर्ने पर्यटकहरु नोट नसाटिएपछी काकडभिट्टाबाटै फर्कन थालेको मेची कार्यालय भन्सार काकडभिट्टाका कर्मचारी राम अधिकारी बताउछन् ।
त्यस्तै नोटको चलनचल्तिमाथिको प्रतिबन्धका कारण काकडभिट्टा र भद्रपुरका सटहि काउण्टरहरुले समेत माग अनुसार नोट साट्न नसकिएको बताएका छन् । उनिहरुले एक सय र सो भन्दा साना नोटको भरमा मात्रै सिमावर्ती बजारको कारोबार धान्न नसकिने अर्का ब्यवसायि चन्द्र प्रसाद सिटौलाले बताए ।
त्यस्तै सिमावर्ती क्षेत्रमा ब्यवसाय संचालन गर्दै आएका केही ब्यापारिले पनि नोटमा प्रतिबन्ध लागेपछी कारोबार ठप्प भएको बताए । उनिहरुले बिगतको तुलनामा ५० प्रतिशतले कारोबार घटेको स्थानीय ब्यापारीले बताए ।
ठूला भारतीय नोट चल्न छाडेपछी सिमाका सर्वसाधारण समेत किनमेलका लागि भारतिय बजार जान समस्या पैदा भएको सर्बसाधारणहरुले बताउँछन् ।
यसैगरी नोटको चलनचल्तिमा लागेको प्रतिबन्धका कारण स्वास्थ्यपचारमा भारत जाने सर्वसाधारणलाई सर्वाधिक मार परेको पाइएको छ । उनिहरुले भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मार्कामा परेको स्थानीयबासीहरुले बताएका छन् ।
बिगतमा समेत सरकारले भारतिय ५ सय र एक हजार दरको नोटको चलनचल्तिमा रोक लगाएकै थियो तर, ति नोटको कारोबार बन्द भएसँगै सिमामा गैहकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लुट्ने गरेका थिए । त्यस्तै अहिले पनि नोटमाथिको प्रतिबन्धले त्यस्तै धन्दा गर्नेहरुलाई फाइदा पुग्ने केही ब्यवसायिहरुको भनाई छ । काकडभिट्टाका केही ब्यवसायिले भने सरकारको निर्णयले भारतसँगको ब्यापार घाटा कम गर्न मद्धत पुग्ने भएकाले नोटमाथिको प्रतिबन्धले केही असर नपरेको दाबी गरेका छन् ।
यी नोटमाथिको प्रतिबन्धका कारण भारत सँगको ब्यापार घाटा कम गर्न त मद्धत पुग्ला । तर, यसको फाईदा उठाउदै भारतिय सिमावर्ती बजारहरुमा महगो दाममा भारु नोटको कारोबार गर्नेहरुले यसको लाभ लिन सक्ने प्रसस्त बाटो खोलिदिएको छ । त्यस्तै भारतिय शहरमा मजदुरी गरेर त्यवापतको तलव स्वरुप ठूला नोट बोकेर घर फर्कने नेपालीलाई समेत यसले प्रत्यक्ष असर गर्नेछ । तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपि गैहकानुनि रुपमा भारतिय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महगोमा भारतिय नोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1