Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ओलीले भने, ‘संसदको उपसमिति सर्वेसर्वा होइन, सूचना किन चुहाएको ?’

2019 Jan 3 10:55 AM 33

विज्ञापन

Birat Cancer Hospital
ओलीले भने, ‘संसदको उपसमिति सर्वेसर्वा होइन, सूचना किन चुहाएको ?’

बिराटनगर । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको टिप्पणी गरेका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले समितिको कायैशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको आरोप लगाए ।

वाइड बडी खरिद प्रकरण र अनियमितताका विषयमा ओलीले संसद्को पूर्णसमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि आग्रह गरेका छन् । ‘उपसमिति नै सर्वेसर्वा हँदैन । त्यसको काम समितिमा बुझाउने हो’, ओलीले भनेका छन, ‘अब त्यसले उधुम, के–के न बाघका जुंगा उखेल्यौं भनेर त्यसको हातमा भएका रौं चाहिँ बाघका जुंगा नै हुन कि होइनन ? त्यो त समितिले भन्ला या संसदले भन्ला ।’

उपसमितिले बुुधबार संसदको सार्वजनिक लेखा समितिलाई महाप्रबन्धक कंसाकारसहित तीन मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस गरी प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा ४ अर्ब ३५ करोड घोटाला गरेको ठहर गरेको छ ।‘वाईडबडी ल्याउने प्रक्रियाहरू म प्रधानमन्त्री भएपछि भएको होइन । त्यति म स्मरण गराउन चाहन्छु । अर्को, जसले जहिले निर्णय गरेको भए पनि केही छैन’, ओलीले भनेका छन, ‘जोसुकैले पनि भ्रष्टाचार गरेको छ, अनियमतिता गरेको छ भने त्यसमा कारवाही हुन्छ । यसका निम्ति सरकार अत्यन्त गम्भीर छ ।’

‘मैले भनेको छु, यस सम्बन्धमा उच्चस्तरीय छानबिन गराइन्छ । त्यसको विधिको बारेमा म विचार गरिरहेको छु’, उनले भने, ‘मन्त्रिपरिषदमा पनि हामीले एक दुईपल्ट छलफल गरिसकेका र्छौं, यसमा छानबिन गर्ने गराउने भनेर । अख्तियरमा पनि छ उसले पनि हेर्ला ।’ओलीले भनेका छन, ‘संसदीय उपसमितिले छानबिन ग-यो प्रतिवदेन बुझायो भन्ने मैले सुनेको छु । समितिले आफूले बुझाउनका लागि छानबिन गर्न, बस्तुतथ्य बुझ्न र प्रतिवेदन आफूलाई बुझाउन उपसमिति बनायो । समितिमा छलफल गर्न बाकी नै छ ।’

‘अब त्यसले उधुम के–के न बाधका जुंगा उखेलो भनेर त्यसको हातमा भएका रौ चाही बाघका जुंगा नै हुन कि होइनन ? त्यो त समितिले भन्ला या संसदले भन्ला । यस्ता प्रश्नहरूमा अलिकता गम्भिरता नभएको, सार्वजनिक गर्न हतारो भएको अथवा आफ्ना कामकारवाही प्रतिको गम्भिर उत्तरदायित्य नभएको। समितिमा प्रतिवेदन बुझाउनु भन्दा अगाडि बाटा बाटामा प्रतिवेदन खसेका कुराहरु कत्तिको उपयुक्त भयो ?’, ओलीले भनका छन ।

‘वाईडबडीको सम्बन्धमा गम्भिर छानबिन हुन्छ दोषीमाथि कारवाही हुुन्छ कोही पनि उम्किन पाउँदैन’, उनले भनेका छन, ‘त्यसकारण म त्यसअनुसार समितिले संसद्ले छानबिन गरोस् उच्चस्तरतरमा अरु केही गर्नुछ भने गरोस् । अख्तियारले पनि छानबिन गरोस् । सरकारले पनि गर्छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न