Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकारी विद्यालय र निजी विद्यालयसँग प्रतिष्पर्धा भन्दा सहकार्यमा जानुुपर्छ - मन्त्री कार्की

2019 Jan 10 3:51 PM 32

विज्ञापन

Birat Cancer Hospital
सरकारी विद्यालय र निजी विद्यालयसँग प्रतिष्पर्धा भन्दा सहकार्यमा जानुुपर्छ - मन्त्री कार्की

गोमा खतिवडा(आचार्य)

विराटनगर । प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजिसँग प्रतिष्पर्धा भन्दा सहकार्य गरी बालबालिकाको भबिश्य बनाउन तिर सबै अभिभावक तथा सरोकारबाला लाग्नु पर्ने बताएका छन् । विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास र उठिरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा जोड दिएका हुन् । 19 शिक्षामा एकरुपता कायम गर्न राज्यले आयोग बनाएर विज्ञहरुसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा संघिय सरकारले कस्तो निष्कर्ष निकाल्छ त्यसलाई भने पर्खिनुपर्ने बताए । यद्यपी राज्यको सम्पूर्ण लगानी भएका विद्यालय र राज्यको कानूनतः सञ्चालन भएका निजि विद्यालयको गुणस्तरमा आकाश जमिनको भिन्नता देखिएकाले त्यसको दुरी कम गर्नुपर्नेमा जोड दिए । अहिले नै राज्यले सवै निजि क्षेत्रका विद्यालयहरुलाई सरकारी विद्यालयको रुपमा रुपान्तरण गर्ने स्थिती नरहेको तर्क गरेका मन्त्री कार्कीले भने,‘ यसो गर्न कानूनत र आर्थिक लगानीको हिसावले पनि हामी सम्भव देखिरहेका छैनौं ।’ राज्यले सम्पूर्ण लगानी भएका विद्यालयहरुको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन, प्रतिष्पर्धि बनाउन सकेमात्र क्रमशः शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने बताए । यस्तै मन्त्री कार्कीले एभरेष्ट स्कुलले २५ वर्षमा शैक्षिक गुणस्तर कायम गर्न खेलेको भूमिकाको प्रशंशा गरे । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतीमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशिलताले मात्र भएको बताए । सञ्चालकहरुले व्यवस्थापन कुशलतापूर्वक गरेपनि एभरेष्टलाई यो उचाईमा पु¥याउन अभिभावकहरुको महत्वपूर्ण लगानी र विश्वास रहेको बताए । उनले अभिभावकको विश्वासलाई आत्मसाथ गर्दै एभरेष्टले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालयको शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताए । उनले भने,‘आजको शिक्षा एउटा देशका लागि मात्र नभई सिंगो विश्वका लागि हुनुपर्छ, हामी त्यस्तै शिक्षा प्रदान गर्ने जमर्को गरिरहेका छौं ।’ हाम्रा उत्पादन विदेशमा बिक्नुपर्छ भन्ने नभई विश्वस्तरीय शिक्षा यहाँपनि हुनुपर्छ र समृद्ध नेपाल बनाउन भूमिका खेल्नसक्ने हुनुपर्छ भन्ने रहेको प्रिन्सिपल पुरीले बताए ।5 त्यसकै लागि अंग्रेजी माध्यमको विद्यालय भएपनि आफ्नो सस्कृती र नैतिकताका सवालमा विद्यालयले जोड दिँदै आएको बताए । हामी चाहन्छौं हाम्रा विद्यार्थीहरुको सर्वाङ्गिण विकास होस्, यसकालागि पनि खेलकुदका विभिन्न कार्यक्रम र प्रतिष्पर्धाको आयोजना गरिएको उनले प्रष्ट्याए । आइतबार समापन हुने खेलकुद सप्ताहको पहिलो दिन विहिबार कक्षा १ देखि ५ सम्मका बालबालिकाले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । शुक्रबार कक्षा ६ र ७ र आइतबार ८ कक्षा र त्यसमाथिका कक्षाबिच खेलकुदको कार्यक्रम हुने विद्यालयले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटन सत्रमा बालबालिकाहरुले मार्चपासदेखि विभिन्न भेषभुषासहित संस्कृति झल्कने प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न