Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चतरामा अर्धकुम्भ मेला चैत्र २३ गते बैशाख २३ गते सम्म हुने

2019 Jan 21 12:46 PM 24

विज्ञापन

Birat Cancer Hospital
चतरामा अर्धकुम्भ मेला चैत्र २३ गते बैशाख २३ गते सम्म हुने

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं—१ चतरास्थित प्राचिन हरिद्वार क्षेत्रमा २०७५ चैत २३ गतेदेखि २०७६ बैशाख २४ गतेसम्म दोस्रो अर्धमहाकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । जगतगुरु बालसन्तको अगुवाइमा महाकालीको भम्केनी धाममा अष्टधातुबाट नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।

चतराको कोशीनदी किनारमा लाग्ने महाकुम्भमेलामा महाकाली सहितको नेपालका १४ ओटै जिल्लाबाट कुम्भस्नानका लागि भक्तहरुको सहभागिता हुनाका साथै भारतको विहार, पश्चिम बंगाल, सिक्किम, आसाम लगायत विभिन्न प्रांत र दक्षिणभारतबाट समेत बराहक्षेत्रस्थित कोका—कौशिकी नदी संगममा कुम्भस्नानको लागि दशौलाख भक्तजनहरु सहभागी हुने जगतगुरु बालसन्तले बताए । एक महिना लाग्ने दोस्रो अर्धकुम्भ मेला को तयारी धुमधाम सँग भइरहेको र विगतको भन्दा यसपाली भारत, सिक्किम, दार्जिलिङका जगतगुरुहरु, सन्तमहन्त तथा शुभेच्छुकहरु लगायत नेपालका विभिन्न ठाउँबाट ३ करोड हिन्दु धर्मावलम्वीहरु आउने अनुमान गरिएको संयोजक नरेश नेपालले बताए ।

कुम्भमेलालाई सफल बनाउन चतरामा अहिले विभिन्न तयारीका कामहरु थालनी भइसकेका छन् । जगतगुरु बालसन्त मोहन शरणको अध्यक्षतामा १ हजार १ सदसीय कुम्भमेला आयोजक मूल समिति गठन गरिएको छ । भने त्यसै भित्रबाट ३७ सदसीय स्टेरिङ् कमिटी गठन गरिएको छ । धार्मिक ग्रन्थहरुको प्रमाणको आधारमा नेपालमा कुम्भमेला लाग्नु सवैभन्दा उत्तम भएको नि¥क्यौल गरि नेपाल र भारतका हिन्दु धर्मका विद्वानहरुको सल्लाह र सहयोगमा २०५९ बैशाख १ गतेदेखि बैशाख महिनाभरी पहिलो ऐतिहासिक महाकुम्भमेला सफलता पूर्वक सम्पन्न भएको थियो । जगतगुरु बालसन्तकै अगुवाइमा २०६४ चैतदेखी तेस्रो सातादेखि २०६५ बैशाख तेस्रो सातासम्म पहिलो अर्धकुम्भ मेला र २०६९ चैतदेखी तेस्रो सातादेखि २०७० बैशाख तेस्रो सातासम्म दोस्रो पूर्ण महाकुम्भ मेला आयोजना भएका थिए । प्रत्येक १२ वर्षमा पूर्ण महाकुम्भ र प्रत्येक ६ वर्षमा अर्धमहाकुम्भ मेला लाग्ने गर्दछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?