Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बालिकाको मृत्य पछि मोरगंको बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी

2019 Jan 28 3:47 PM 11

विज्ञापन

Biratkhavar
बालिकाको मृत्य पछि मोरगंको बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी
बिराटनगर । सुन्दर हरैंचा नगरपालिका–९ बेलेपुरमा टिप्परको ठक्करबाट स्थानीय ११ बर्षे बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीय प्रशासनले बिहान ११ बजे देखि कफर्यू जारी गरेको छ । बिहान स्थिति तनावपूर्ण रहेको थियो । घटना भएको र घटनाले उग्ररुप लिन सक्ने सम्भावनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षा बिग्रने सक्ने अवस्थालाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको केसीले बताए । घटनामा केही सवारीसाधन आगजनी भएको र स्थिति अहिले पुरै नियन्त्रणमा आइसकेको बताउँदै प्रजिअ केसीले घटनाको बिषयमा अनुसन्धान हुने र दोषी देखिए कारबार्ही गर्ने बताए । विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य ६ वटा टिप्परमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । निषेधाज्ञाको अवज्ञा पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा झापा, सुनसरी र मोरगं जिल्लाबाट आएको सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ । तर पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु