Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधन, परोपकारमा अन्त्येष्ठि

2019 Feb 24 3:40 PM 36

विज्ञापन

Birat Cancer Hospital
भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधन, परोपकारमा अन्त्येष्ठि
बिराटनगर । भाषाशास्त्री तथा वरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको आज बिराटनगर स्थित परोपकार घाटमा अन्त्येष्टि गरिएको छ । ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ः३० बजे विराटनगरस्थित आफनै निवासमा निधन भएको हो। माघ ६ गते भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला पोखरेललाई मस्तिष्कघात भएको पारिबारिक स्रोतले बताएको छ । गान्तोकबाट काठमाडौंको नर्भिक अस्पताल ल्याई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि विराटनगरमा ल्याइएका उनको स्वास्थ्य बिग्रदै गएपछि उपचारका लागि विराटनगरमा उपचार गरिदै आएको थियो । ball अस्पतालबाट डिस्चार्ज भएर उनी घरमै आराम गरिरहेका थिए । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका थिए । पोखरेलको जन्म वि.सं. १९९० मा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् । भारतको कोलकाता विश्वविद्यालयबाट ऐतिहासिक भाषा शास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध भएका थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गराएका पोखरेलले २०४६ मा अवकास लिएका थिए । उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भए । सो समयमा उनले बृहत् नेपाली शब्दकोषको सम्पादनमा गहनतम योगदान पुराएका थिए । उनी अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए । प्राध्यापक पोखरेलका ३ दर्जनबढी कृतिहरु प्रकाशित छन् । उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गरेका थिए । यसबाहेक उनी प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कारलगायतबाट पुरस्कृत भइसकेका छन् । पोखरेलका १ छोरा र २ छोरी छन् । पोखरेलकी श्रीमतीको ४ वर्ष अघि नै निधन भएको थियो । उनको अन्त्येष्टी आइतबार नै परोपकारघाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ । पोखरेलको निधनबाट नेपाली भाषा साहित्यका क्षेत्रमा अपूरणीय क्षति पुगेको बिभिन्न ब्यक्तिहरुले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न