Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पोखरीया स्कुलमा प्रबेश परिक्षा दिने बिद्यार्थीहरुको उच्च भिड, कोटा कम तर २१ सयले फाराम भरे

2019 Apr 11 1:04 PM 24

विज्ञापन

Birat Cancer Hospital
पोखरीया स्कुलमा प्रबेश परिक्षा दिने बिद्यार्थीहरुको उच्च भिड, कोटा कम तर २१ सयले फाराम भरे
बिराटनगर । विराटनगर स्थित पोखरीया माध्यामिक बिद्यालयमा यस बर्षको शैक्षिक सत्रमा पनि बिद्यार्थीहरु भर्ना हुनका लागि भिड मात्रै बढेन् अभिभावकहरुको समुहले सडक नै जाम गरेका छन् । बिद्यार्थीहरुलाई सहजरुपमा सरकारी स्कुलमा भर्ना हुन पाउने पर्ने माग राखेका छन् । तर बिद्यालयको क्षमता अभिभावकहरुले भने जस्तो छैन् । यस बर्ष करिब सबै कक्षाका ४ सय ३ जनाको हाराहारीमा भर्ना लिने बिद्यालय प्रशासनले जनाएको छ । तर फाराम भर्ने बिद्यार्थीहरुको संख्या २ हजार ७७ पुगेको छ । प्रबेश परिक्षा दुई दिन लगाएर लिएको बिद्यालयका प्रअ खेमराज भटटराईले बताएका छन् । 23४ सय ३ नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा दुई हजार ७७ विद्यार्थीले फारम भरेका छन् । भर्नाका लागि आवेदन फारम भरेका मध्ये कक्षा ६–९ सम्मको प्रवेश परीक्षा पहिलो दिन लिएको छ भने दोस्रो दिन अन्य कक्षाको प्रबेश परिक्षा लिइनेछ । समस्या परेका बिद्यार्थीहरुलाई अझ फाराम भर्न दिनु पर्ने अभिभावकहरुको गुनासो छ । कक्षा ३–५ सम्मको र प्राविधिक धार तर्फको प्रवेश परीक्षा दोस्रो दिन भएको छ । नेपाली माध्यममा पठन पाठन हुँदै आएको उक्त विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० साल देखि अँग्रेजी माध्यमबाट पनि पठन पाठन सुरु गरिएको हो । नयां प्रअ आए पछि सबैको सहयोगमा शिक्षकहरुको सक्रिय अगुवाई पोखरीय स्कुल नेपालकै गैरब हुने खालको बिद्यालय बनेको स्थानीयहरु बताउछन् । बिद्यालय कम्पाउण्ड भित्र पसेपछि बिद्यार्थीहरु बिद्यालय छुटटी नभएन्झेल सम्म बाहिर जान पाउदैन् । बिद्यालय कम्पाउण्ड भित्रै सबै पुर्बाधार तयार गरेको छ भने बिद्यार्थीहरुलाई चाहिने नास्ता, पानी लगायत सबैको ब्यबस्थापन बिद्यालय प्रसाशनले गरेको छ । गत बर्ष भन्दा यस बर्ष पनि अँग्रेजी माध्यमको पठन पाठनसँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको र प्रदेशको १ को प्रबेश परिक्षामा यो भिडले सरकारी बिद्यालयमा अभिभावकहरुको रुचि बढ्न थालेको विद्यालयका शिक्षक महेश गौतमले बताएका छन् ।  सुरुमा कक्षा ६ र ७ बाट अँग्रेजी माध्यमको पठन पाठन सुरु गरेको उक्त विद्यालयले अहिले कक्षा १–१० सम्ममै अँग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दै आएको छ ।456 सुरुका केही बर्ष विद्यालयले अँगे्रजी माध्यमको कार्यक्रमबारे सञ्चार माध्यममार्फत विज्ञापन गरेपनि यो बर्ष देखि त्यस्तो केही गर्न नपरेको शिक्षक गोबिन्द अधिकारीले बताए । विद्यालयले कक्षा ९–१२ सम्म कम्प्युटर इन्जिनियरिङको अतिरिक्त प्लस टु तर्फ व्यवस्थापन र शिक्षा बिषयको कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस बर्ष देखि प्लस टु तर्फ विज्ञान विषयको पनि पठन पाठन सञ्चालन गर्ने तयारी भईरहेको विद्यालयका प्रअ खेमराज भटटराईले बताएका छन् । हाल एक हजार ७ सय ९५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा यस बर्ष ३ सय १२ जना विद्यार्थी एसइइ परीक्षामा सहभागि भएका थिए । पोखरीयासँगै विराटनगर महानगरपालिका भित्रका आदर्श, सत्यनारायण, गोग्राह, जनपथ, सरस्वती, राधाकृष्ण भूपालमान सिंह मावि लगायत माध्यमिक र आधारभुत तहका झण्डै तीन दर्जन विद्यालयहरुले अँगे्रजी माध्यममा पठन पाठन सुरु गरेका छन् । विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रुद्र दुलालका अनुसार अँग्रेजी माध्यममा कक्षा सञ्चालन भएका अधिकांस विद्यालय मध्ये पोखरीया भनी बिद्यार्थीहरुको चाप बढेको बढैछ यो राम्रो पक्ष पनि हो । विराटनगर स्थित आदर्श र सत्यनारायण माविले पनि केही दिन नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्पन्न गरेका छन् । जसमध्ये आदर्श उच्च माविले ३ सय २६ जना नयाँ विद्यार्थी भर्नाका लागि लिएको प्रवेश परीक्षामा एक हजार ८५ जना विद्यार्थी सहभागि भएका थिए । हाल उक्त विद्यालयमा प्राविधिक धार, प्लस टु समेत गरेर दुई हजार दुई सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ तुलसी दुलालले बताउनुभयो ।img_5945 आदर्श माविले पलस टु तर्फ विज्ञान, शिक्षा र व्यवस्थापन विषयको पठन पाठन गराउँदै आएको छ । यस बर्ष उक्त विद्यालयबाट २ सय २ जना विद्यार्थी एसइइमा सहभागि भएका थिए । सत्यनारायण माविले पनि केही दिन अघि १ सय ५० नयाँ विद्यार्थी भर्नाका लागि लिएको प्रवेश परीक्षामा ५ सय विद्यार्थी सहभागि भएका थिए । उक्त विद्यालयमा प्राविधिक धार र प्लस टु तर्फ समेत गरेर हाल एक हजार पाँचसय विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त विद्यालयबाट यस बर्ष २ सय ८ विद्यार्थी एसइइमा सहभागि भएको विद्यालय प्रअ धर्मानन्द खरेलले बताउनुभयो । यसरी अधिकांस सामुदायिक विद्यालयले अँग्रेजी माध्यमयमा पठन पाठन सुरु गरेपछि साना लगानीका निजी विद्यालयहरु भने संकटमा पर्ने निजी विद्यालय सञ्चालकहरु बताउँछन् । अंगे्रजी माध्यमको चाहना पुरा गर्ने गराउने क्रममा पोखरीया विद्यालयले संचालन गरेको प्रवेश परिक्षा चानचुने नभएको र यस्तो वास्तविक तथ्य क्रम आश्चर्यजनक नै भएको छ । यत्रो भिड यस्तो प्रतिस्पर्धा हुनुको कारण सरकारी विधालय तर्फको अंगे्रजी माध्यम शिक्षा कम खर्चिलो, साथै गुणस्तरीय शैक्षिक शिक्षा एवं मुल्याकंन पद्घती नेै रहने कुरा क्रान्तिकारी शिक्षा अभियान्ता जगदिश दाहालले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?