Live
| शनिबार, चैत २२, २०८२
EN
arya newro
BiraKhabar
समाचार

मोरगं जिल्लामा ८ सय ३० जनाले नयां नागरिकता पाए

Apr 12, 2019 9:02 AM
मोरगं जिल्लामा ८ सय ३० जनाले नयां नागरिकता पाए
चन्दन मेहता , बिराटनगर । मोरगं जिल्लाका तिन स्थानबाट ८ सय ३० जनाले नयां नागरिकता पाएका छन् । यो छोटो अबधि पाउने नयां नागरिकता गृह मन्त्रालयले सकृलर गरेको परिपत्रका आधारमा नेपालमा बसोबास गरी अंगिकृत नागरिकता पाएका बुवा आमाका छोराछोरीलाई बंशजको आधारमा नागरिकता बितरण गरेको तथ्यागं जिल्ला प्रशासन कार्यालय मोरगंमा रहेको छ । नयां नागरिकता जारी गरेको दिन चैत्र २० गते देखि २६ गते सम्म मोरगं जिल्लाका तीन स्थान रगेली, उर्लाबारी र बिराटनगरबाट स्थानीय निकायले गरेको सिफारिसका आधारमा नागरिकता दिन थालेको सहायक प्रमुख अधिकारी उमेश कुमार पाण्डेले बताएका छन् । बितरणका बेला नागरिकता लिनेको भिड निकै थियो तर अहिले बन्द रहेको छ । मोरगंको उर्लाबारी इलाका प्रशासन कार्यालयबाट महिला २७ जना र ५३ जना पुरुषले लिएका थिए भने बिराटनगर जिल्ला प्रशासन कार्यालयबाट महिला २ सय ३९ जना र पुरुष ३ सय ८४ जनाले नयां नागरिकता लिएका छन् भने इलाका प्रसाशन कार्यालय रगेलीबाट १ सय २७ जनाले नागरिता लिएको रेकर्ड रहेको । चैत्र २६ गते देखि सर्वाेच्चले नागरिकता दिन बन्द गरेको थियो त्यस पछि नागरिकता नपाएकाहरुले सडकमा टायर बालेर गृहमन्त्रिको राजिनामा समेत मागेका थिए ।
Dhoni Sabuun