Live
| शनिबार, चैत २२, २०८२
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरको सेन्टरमलमा नयां बर्षको बम्पर उपहारै उपहार

Apr 13, 2019 11:02 AM
बिराटनगरको सेन्टरमलमा नयां बर्षको बम्पर उपहारै उपहार
अजय कुमार मण्डल, बिराटनगर । एक अर्ब रुपौया लागतमा निर्माण भएको सेन्ट्र्रल मलको आजबाट शुभारम्भ भएको पत्रकार सम्मलेन गरी सार्बजनिक गरेको छ । सेन्ट्र्रल मलको हाता भित्र पत्रकार सम्मलेन गरी अगामी बैशाख भरि भारि छुट लगायत बम्पर पुरस्कार दिने र बिभिन्न गतेमा मनोरञ्जन समेत उपभोक्तालाई दिने आयोजकले जनाएको छ । तीन समुहको लागानी रहेको सो मलले काठमाडौमा दिने सेवा सुबिधा तथा अन्य मनोरञ्जन अब बिराटनगरमा नै दिने उद्धेश्यका साथ नयां बर्ष पारेर शुभारम्भ गरेको जानकारी मल लगानी कर्ता निर्देशक प्रकास मुन्दडाले बताएका छन् । प्रकास मुन्दडाले भन्नु भयो–नेपाल भरीको यो एउटा ठुलो आर्कषक मल हो र सबेै उपभोक्ताले पाउने सेवा सुविधामा भारी छुटको ब्यवस्था मिलाएको छौँ सार्थै यस महिना भरि रु.एक हजारको सामान खरिद गरे बापत ग्राहकलाई एउटा लक्की कुपन प्रदान गरेका छौ । मलमा एक सय भन्दा बढी बिभिन्न सोरुमहरु, व्युटिपार्लर, एटिएम, १५ वटा गेमिगं जोन, २ सय ५० जना फुडकोर्ट र रेष्टुरेन्ट क्षमता भएको स्थान साथै अन्डरगाउण्ड पार्किगं समेत उपलब्ध रहेको छ । ३५ हजार बर्ग फिटमा फैलिएको सो मल स्ट्र्रिट लेन डिजाईन रहेको छ । बिराटनगरमा अन्य मलहरु र डिभार्टमेन्ट समेत सञ्चालन भैरहेको छ । भारतीय नागरिकहरु समेत सोपिगंका लागि बिराटनगर आउने हुदां यहांको बजार राम्रो छ ।
Dhoni Sabuun