Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित

2019 Apr 24 10:12 AM 24

विज्ञापन

Birat Cancer Hospital
तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित
पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल सोमबार साँझ नै पक्राउ परिसकेका छन । प्रहरी र स्थानीय बासिन्दा बिच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका छन । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई विराटनगर लगिएको छ भने मन्जु पौडेल,जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मध्यान्ह हवाई फायर र दिउँसो २ बजे अश्रुग्याँस प्रहार गरेको थियो ।img_9249 नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको थियो । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय सोमबार देखि थप आन्दोलित भएका थिए । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेको र प्रर्दशनका क्रममा प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका हुन । हवाईफायर पछि स्थानीयले सडकमा टायर बालेर प्रहरीबिरुद्ध नाराबाजी समेत गरेका थिए । स्थानीयले नगरपालिका कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका थिए । दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए । भिड नियन्त्रण बाहिर गएपछि संर्घष समितिकी संयोजक पराजुली पथरीशनिश्चरेकी उपमेयर यमुना बिष्ट बाँस्तोला र प्रशासनका बिच बार्ता भएको छ । बार्तामा घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही लगायतका बिषयमा सहमति भएको छ । श्निबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नग्न अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ५ वटा घटना भईसकेका छन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?